Euta Tara Dada Wari Lyrics Nati Kaji
एउटा तारा डाँडा वारी अर्को तारा पारी
मुटु कतै गए पनि दिल हारा हारी
मुटु कतै गए पनि दिल हारा हारी
पहरामा मूल फूटि झरेकी खोलामा
तल पुगि दोभानमा भेट हुने होला
चखेवाको यता बास चखेवीको उता
उहि घाउ मुटुमा छ चाहे रहुन जता
एउटा तारा डाँडा वारी अर्को तारा पारी
मुटु कतै गए पनि दिल हारा हारी…
तल पुगि दोभानमा भेट हुने होला
चखेवाको यता बास चखेवीको उता
उहि घाउ मुटुमा छ चाहे रहुन जता
एउटा तारा डाँडा वारी अर्को तारा पारी
मुटु कतै गए पनि दिल हारा हारी…
धर्तीबाट कति दुर आकाश छ माथी
एउटाकोमा जोडिएको अर्कोको छ छाती
सुख साथै दुख यहाँ घामसंगै छया
बिछोडमै चिनिन्छ रे के चिज हो माया
हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ…..
एउटाकोमा जोडिएको अर्कोको छ छाती
सुख साथै दुख यहाँ घामसंगै छया
बिछोडमै चिनिन्छ रे के चिज हो माया
हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ…..
No comments:
Post a Comment