Kali Prasad Rijal – Bihana Uthne Bittikai

Kali Prasad Rijal – Bihana Uthne Bittikai

बिहान उठ्ने बित्तिकै हिमाल् देख्न पाइयोस
यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस


नेपाली श्रम र शीपको प्रभाव दिगन्त फैलियोस
मलाइ टेकी खुड्किलो यो देश माथि उक्लियोस
नेपालको म सन्तति सगर्व भन्न पाइयोस

मलाई छैन चाहना मरेर स्वर्गमा पुगूँ
छ कामना यही मेरो बरु म नर्कमै पुगूँ
जहाँ पुगे पनि तर नेपाली भेट्न पाइयोस

यो सूर्य-चन्द्र ध्वजा मेरै रगतले रंगियोस्
येहीको जल अन्जुलिभर् निलेर मर्न पाइयोस
स्वोदेशको निम्ति यो शीर चढाउन पाइयोस

शब्द – कालीप्रसाद रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – आलोकश्री
एलबम – छायाँ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts