Laxmi Prasad Devkota – Asia

Laxmi Prasad Devkota – Asia

अमृत कलकल वाणी !ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण
आमाभन्दछ आधा मानव, लाख विहङ्गम वाणी !अगणित तिम्रा राष्ट्रअङ्गमा जागृतिको तरङ्ग,रङ्ग एक बिहानी !

जाग जाग हे !शिखर लाग हे !चिरनिद्रित दृग मिच ज्ञानी !निर्मल हृदय तिम्रो वैकाल, वल्कसको जलखानी !प्रथम किरणकी ऊँची चुली, प्रथम सृष्टिकी रस लहरा !सभ्यताकी गुरुमा नि !सकल धम्र्मकी किरणकेन्द्र ! विश्वकी पहली बिहानी !पामीर तिम्रो विश्वछत्र हो ! झ्यालमोलङ्मो कीर्तिचुली !स्टानोभोइदेखिन् एल्बुर्जपर्वतहार बयानी !निहुरिन्छयौ तिमी यूरालउपरमा चुमी यूरोपा रानी,उत्कर्षहरुको खानी !चिरशोषित हे ! चिरदूषित हे !जाग, जाग हे जाग !अरबौं जनका जनशक्ति लिई उन्नतिपथमा लाग !उच्चारन हे विश्वप्यारको,विश्वशान्तिको वाणीमहाद्धीपकी महारानी !आर्य मङ्गोल द्राविड, निग्रो, कमचटूकी या जापानी,सुमेरुदेखिन् वालीसम्मन् यूराल फुजी सीमानी,एक लहरमा सब लहरेलान् !एक प्रभावले सब सिहरेलान् !!एक हि लक्ष्य निशानी !मानवताको झन्डा उचाली !युगका कुइरा फाली !!एक सूत्रमा सकल राष्ट्रको प्यारको माला गाँसी,भाइ परस्पर जानी !उच्चालित होऊ !उच्चालित होऊ !जाग जगत्मा, मावनताको
जीवशक्ति प्रमाणी !महाद्धीपकी महारानी !सकल विभवकी खानी !जाग एशिया रानी !चीन तिम्रो वीर सुपुत्र सिंह उठेको अब शानी
रुस सदृशको तनय विशाल , विश्वविजेता विज्ञान
तर भूतलमा आज राती,थरथर काँप्दछ मानवजाति,आण्विक ली पशुबल कोही धम्की दिन्छ नजाती,तिमीले बोक्नु आशदियाली
तिमीले अमृतथाली
तिमीले बटार्नु सूत्र सुनौला, प्रेमको पन्था चाली !विश्वशान्तिकी ध्वनि बन शानी !महाद्धीपकी महारानी !जाग आज बिहानी !!

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts