Laxmi Prasad Devkota – Basanta

Laxmi Prasad Devkota – Basanta


लक्ष्मी प्रसाद देवकोटा – बसन्त
क.
क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल !मौरी गुनगुन खग चञ्चल !स्नायु चपल औ मुटु खलबल !

ख.
पहिला बत्ती यसरी बलेथे सृष्टिको आदि मिरमिरमा,प्रथम लहरको फिरफिरमा !
ग.
शिवले पट्टल खोल्ने काल !गौरी लाली लिन्छ हिमाल !
घ.
उर्वशीको प्रथम झलकमा विक्रमको झैं मुटु डल्लो,घाउ बनीकन सूर्य अडेको, टक्क छ,हेरन,अस्ताचलको चुली उपल्लो !
ङ.
मुनिकी आत्मा पुतली नाच्छे, मुक्त बनी, स्वर्ग भनी,यो अवनी !अमृत–धनी !
च.
कुरकुर लाग्दछ ढुक्कुरलाई,बोल्दछ सार,संसार सबैको केशर–प्यार !
छ.
हामीहरु सब आलुबखडाहरुको लच्के हाँगाहरुको
सेता ढोकाभित्र पस्यौं
बोल्दा मुनाका कथा जगतेमा
परीहरुसँग साथ बस्यौं ।
ज.
सुगन्ध–कणी क्या बोकिरहेछन्
लहर–लहर !दिलको कोभी फुकी–फुकी आउँछ,छरबर पार्न
बास्ना–भुँवर !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts