Laxmi Prasad Devkota – Fool Ki Kopi Prati

Laxmi Prasad Devkota – Fool Ki Kopi Prati

क.
अनलशिखाझैं कलिली सुन्दर !मधु–ज्वाला !यो दृगपथमा पक्राउ बसे सरि,भन तिमी को ? ए ! बाला !

ख.
मधुर रहस्यको मुसमुस ग्रन्थि,रेशमी–तहले बाँधी,वाणी तिरस्कारिणी ! बोल्छयौ
सुगन्धका के शव्द–कणीहरु
सम्मोहनले साधी ?
ग.
आत्मप्रकाशमा नै के भन
तिम्रो ब्रीडा–लाली ?संसारी यो स्तरमा उत्रन
शरमिन्छयौ कि ?सुकुमारी !किनकि छ तिम्रा भावहरुको
अतिशय मृदुल, अलौकिक, मसिनो,जाली ?
घ.
तैपनि मलयानिलका लहरले
फेर उछाल्दा तिम्रा,ओर्लन, बोलन, पर्शनको मन !इङ्गित छर्दछ राम्रा !
ङ.
जीवन–कणी सब झलमल बत्ती
बली, कसैसंग जाति,मदिर क्षणमा, शादी स्वपनी,उत्सव–चुली कल्पी, मुस्क्यौ ?बैंस–सदनमा, काँच रङ्गको बहुभाँति ?
च.
अथवा प्रियतम तिम्रो कोही,मीठो आँखमिचौनीले
मेरो मुटुको गहिरो दरीमा
आई लुकेको छ कि अहिले ?
छ.
लाई मधुरतम क्षणभङ्गुर यो
अमरताको सारी,एक झलकमा, विश्व बुझाउन,झर्यौ जगत्को वारि ?
ज.
अपरिचिता ए ! परिचय कुन यो
आदिकालको, दिन्छयौ ?मुरलीकणीमा वृन्दावनमा
सदन लिएझै लाग्दछ कहिल्यै,मिरमिर युगमा,तिमी निकट जब हुन्छयौ ?

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts