Laxmi Prasad Devkota – Jhanjha Prati

Laxmi Prasad Devkota – Jhanjha Prati

क.
आ ! फिंजारी घनका भाँक्रा, सगर–सागर गाँसी !उग्ररुपिणी ! प्रलयसदनि ! वर्षकी वेदनाराशि !नाश् रे शेष शिशिर, भंडारी ! शोध् रे पृथिवी–वासी !

ख.
सत्ययुगको निद्रा तेरो ! कलिको प्रबोधन–वेला !विकल–प्राण–पवन–संगमा अश्रुकी जलधिवेला !अतीत–कारागत सब आत्माहरुको क्रन्दन फोई
नाच् रे खण्डित कृष्ण घनमा, इन्साफ मागेर रोई !चम्की ! झञ्झकी हे आत्मा !सुत्छ मनुज अँधेरी रातमा !भाइ भुल्छ भाइ आज ! विषम थितिमा यो समाज !चल्दो छ धूलिई, मासी !
ग.
लङ्का सल्क्यो ! सुन्दर विलपी ! रुद्रभृकुटीज्वाला !क्रान्ति उठ्छ मनुज थिचिंदा, हुरी ! मै विषम–चाला !जर्जर आडम्बरका विटप खडा छन् अझ रे काला !छन् अँधेरी–सेज–स्वपित मरेका हृदयवाला !जाग् रे ! वायुबघिनी ! गर्जी रे ! झञ्झाकी काली !मानव अझ छ मानवान्ध ! आँखामा डालेर जाली !सडल जगत् जा बढारी ! जर्जर दलका दल !मानव दानवहरुका कृतिले, अझ छ बगाउँदो भल !धूलीदलका छाया–लहर बढार्दै भूतका राशि !आ ! फिंजारी घनका झाँक्रा सगर सागर गाँसी
घ.
कुपित सृष्टिकार सपना ! दिव्य दण्डकी हावा !हे बेरोक ! पगली शक्ति ! असत्यको बोल् तँ धावा !क्या विलासी सुरको भवन प्रलय छायाले छायो !
ङ.नाची नागिनी बिजुली ! स्वर्गले डसिई, क्रन्दन गायो !नर–भविष्य बदलीमा छ ! निफन्दे सृष्टिको डाली !ढुक्क रहेको शोषण–मुटुमा मृत्युको असिना फाली !ध्वंसिनी ! हे ! तेरा क्रूर गतिमा करुणा हुन्छन् !सक्रिय शान्त मुटुमा तेरो सुन्दरले स्वपना बुन्छन् !भोलि हुन्छ धौत गगन, पवन निर्मल सन्त !ऋतु वसन्त हाँस्छ मधुर, शिशिर हुन्छ अन्त !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts