Laxmi Prasad Devkota – Kshitij Tira
पर पर कुइरी नील किनारा,स्वर्ग झरीकन जिमीमा छुन्छ,लामो सडकमा अडी यसबार,दूर चिहाई दृगले गुन्छ ।
बहुविध पत्थर कङ्कड, काँढा,बाढी, खाडी, उकाली हुन्छ,ओर्ली किरण र उक्ली डाँडा,दूर शिखरमा स्वर्ग नुहुन्छ ।
दिनदिन हेरन नील–काढाँमा,माकुरीको जाल रहन्छ,दिनको उज्यालो पर पाटामा,बाटामा तर कुइरो बहन्छ ।
मानिस आफैं आफ्नो डरमा,आँखा चिम्ली कैद रहन्छ,आफैं मगन्ता आफ्नो घरमा,मृत्यु पुजीकन मृत्यु सहन्छ ।
दुःखले पायो हेर्न कहाँ पर ?मुटु शर पन्छी दृग चिमलिन्छ,चतुर्मुखी अघि बन्दछ अमुखर,घाट र घर बीच तित रुमलिन्छ ।
चिथरो दौरा, आधी छ नाङ्गो,टोपी शिरमा गोल धरो छ,गन्धक तन औ हर क्यै बाङ्गो,भरिया मनिरै ठिङ्ग बरो छ !कल्पिरहेछु शिखर किनारा
सुन्दर बस्ती श्रमको झलमल,पूरा मानव हँसमुख सारा,नव युगलोचन रचना उच्चल !आँधीहरुमा झर्छन् तरुवर,तिनमा तारागणले रुन्छ,हुरी चढेका मानवहरु तर,भोलि दिनले सम्झिरहन्छ ।
No comments:
Post a Comment