Laxmi Prasad Devkota – Kukhuro
रातले रोइरहिथिन् लाखन
जलदाना,मैले कनिका जस्ता मानी टिपी निलेँ ती
नाना !पुछेँ गगनको छाती—बालेँ दीप प्रभाती !
जलदाना,मैले कनिका जस्ता मानी टिपी निलेँ ती
नाना !पुछेँ गगनको छाती—बालेँ दीप प्रभाती !
तारानलको अन्तर ज्वलनले
म भएँ रातो—अग्नि शिखा झैँ— एक कुर्लनले
लिएँ तिमिर सातो—पूर्व क्षितिजतिर फर्की लाएँ
बोलेँ तातो—अन्धकारको गो टाटो—बाक्लो कुइरो फाटयो !छिर्का परेका ललित र लाल
हे ! कमाल !ती हुन् मेरा विचारहरुका करवाल,स्वरले उच्चाल—रेटिदिएका तम–सेनाका
सकल पराजित छाल
विजयसिउर यो शानि मेरो,प्रभात पटलको फेरो—बास माटीको ढिकुरो—केवल कुखुरो !
No comments:
Post a Comment