भीमनिधि तिवारी – आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ

Bhimnidhi Tiwari – Adha Chha Anga Mero Ardhangini Timi Hau (Nepali Gazal)

भीमनिधि तिवारीआधा अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ

आधा अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ
सिन्दूर हुँ तिम्रो सौभागिनी तिमी हौ


यो स्नेहको बिरुवा कैले पनि नसुकोस्
फूलबारीको माली मधुमालिनी तिमी हौ

हाँसेर मोह गर्ने बोलेर दिल हर्ने
कृष्ण हुँ कलीको तर ग्वालिनी तिमी हौ

हाम्रो अखण्ड प्रीतिको उपमा दिऊँ के
श्रीखण्डको हाँगा हुँ, नागिनी तिमी हौ

यो प्रेमको कहानी सुन्नेहरू चर्किन्छन्
राग हुँ उषाको रागिनी तिमी हौ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts