लक्ष्मी प्रसाद देवकोटा – चुकुल
क.
को यो फार्ने, को यो पार्ने
मानिस, मानिसमा अन्तर ?यो हो चाँदी, या हो कागत,
–बाट बनेको धूर्त चुकुल,जिउँदो निरन्तर !
मानिस, मानिसमा अन्तर ?यो हो चाँदी, या हो कागत,
–बाट बनेको धूर्त चुकुल,जिउँदो निरन्तर !
ख.
यही हो नेता, यही हो विजेता,बाहु प्रबल !मसिनो मुखको, मोटो जीउको
घुस्न सफल !
घुस्न सफल !
ग.
हे बुभुक्षित ! वञ्चित ! कुण्ठित !चिरियो तिम्रो दल !लडाइँमा छौ नित्य विफल !
घ.
बुद्धि छ बोक्सी, चतुरी, फटाही,सोही चुकुलको चूल !सम्मोहनमा पर्छौ राही
स्वर्ग पुग्ने भन्छौ, उडाई
जादू–कार्पेट,थोत्रो सुकुल !
स्वर्ग पुग्ने भन्छौ, उडाई
जादू–कार्पेट,थोत्रो सुकुल !
ङ.
सच्चा दिन के शक्ति होइन ?के जनताले राज हुँदैन ?माटोले के घर बन्दैन ? आगो पसीकन, हेरन मोल !अविश्वास हो भयङ्कर भूल !किन हालेका होउ छातीमा,सुनको चुकुल !आर्तदत हो ! किन चिरिएका ?मुटुले खाई,झूठो कबूल ?
च.
जनतन्त्रलाई पूँजी राज्दछ !पूँजी विभाज्दछ !नेता भैकन पूँजी गाँज्दछ !हाय ! सहेको किन यो भूल ?मिल ए गरीब ! मिल ए दीन !मिल ए दुःखी ! मिल ए हीन !फ्याँक, उखेल
चुकुल !
चुकुल !
छ.
यो पहाड हो, खाल्डाबीचको !यो चुकुल हो डँडाल्नाबीचको !तिम्रो भयङ्कर शूल !बेहोश ! हटाऊ भूल !
No comments:
Post a Comment