लक्ष्मी प्रसाद देवकोटा - फागुन फुल्छ संसार सारा

लक्ष्मी प्रसाद देवकोटा - फागुन फुल्छ संसार सारा

.फागुन फुल्छ संसार सारा
अत्तर छिटी ऐशको
रङ्गमहल यो कसको होला ?परीरानी बैंशको


.रुपको शरम लाल लाल हुन्छ
फुस्केको छाती सँभाल्न
चुलबुल गुलाफकोपिलाले
सकिन सप्को बसाल्न
. लुक्ने कोशिश मोहिनीको
हावाले आधा तोडेर,मुजुरा सब उचालिदिन्छ
बास्ना अबोला छोडेर !

.नाइँ नाइँ गर्छे थुँगा राम्री
वृन्दावनलाई दोहराई
पुरुषले प्रकृति रँग्छ
पिचकारी क्वै छहराई


प्यारको बोट निबुवाको,सेतो पत्ती, हरियो शूल !शीतको दाना कसका निम्ति ?जूनलाई हो कि ? आकाशफूल ?

. आजको दिन चरीदिलको,सुस्काए आलुबखडा !आरु तिम्रो लाली राम्रो,हावा , केको झगडा ?

. आजको दिन हो चुच्यौलीका
चिल्लो पल्लव पर्दामा !नझस्कन गुलाफ मानी,केशरको दाना झर्दामा !

. संसारको आङन पुरानोमा
यही चिर नयाँ कहानी !दाडिम ओठ चिल्लाबाट
चिप्लिन्छ मनको सपना नि !

. हरियो, चिल्लो रेशम लगाई
झुप्पा सुन्दर कार्चोबी
बैंश उभिन्छिन् फूलको हाँगा
पक्री, स्वपना मनसूबी !

. यै इतिहास हो जीवनको रे !यही वृन्दावनकहानी
टुङ्गिनसक्ने, जुगजुगभन्दा,सुन ! छिरबिर ढिस्कामाथि
जूरजलपमा बैंशरानी !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts