Gopal Prasad Rimal – Bhet
पूर्नेको जूनलाई किन पर्खेको ?भेट्ने उनैलाई हो क्यारे,तिमी उनैलाई उनकै प्रकाशमा देख,तिमी उनलाई आजै यो औंँसीको रातमा भेट ।
आउने त्यो वसन्तलाई किन कुरेको ?तिमीले खोजेको फुल हो र ?उनकै सुवासमा तिमी सास फेर,तिमी उनलाई आजै यो आएको पुसमै भेट ।
तिमी उनलाई आजै यो औँसीको रातमै भेट ।
भेटमा ओझाले साइत गाओस् भन्ने छ ?के उनको बोली सुरिलो छैन ?उनको बोलीको लयमा तिमी खालि मुन्टो हल्लाउँदै—ताल मात्रै दिन सक,तिमी उनलाई अहिले नै बिनाबाजा नै भेट ।
तिमी उनलाई आजै यो औँसीको रातमै भेट ।
तिमीले कल्पनामै कैयौंचोटि उनलाई
इन्द्रधनुजस्तो चुनरीको घुम्टो ओढाइदिसकयौ,मजुरको घाँटी–रङ्गको साटनको चोली लगाइदिसक्यौ,त्यसैले भेटमा त्यस्तो घुम्टो र चोलो
लैजाने सुर होला,तर तिमी उनी जस्ती छन् उस्तै नै भेट,बजार जान बेर नगर ।
उनको लाज नै उनको घुम्टो होस्,तिम्रो अङ्गालोले उनलाई छोपोस्;साटनजस्तो उनको छाला हेर,उनी जस्ती छन् उस्तै नै भेट ।
तिमी उनलाई आजै यो औँसीको रातमा भेट ।
No comments:
Post a Comment