Gopal Prasad Rimal – Kavi Hridayama

Gopal Prasad Rimal – Kavi Hridayama

मनव–वनमा कहिलेदेखि झर्न लाग्यो निर्झर
जसको इन्द्रधनुषले गर्दा जीवन भो सुन्दर–सुन्दर
यसको प्रवाहमा देखिन्छन् उज्वल फीँज र फोका
स्वच्छ निर्मल अनन्तजस्तै अणुअणुसम्म सादा

कलपनाको रङ्ग चढाई फुकिदिन्छु तिमीहरुलाई
जो उड्नेछन् सबको मनोगमनमा रुवाई हँसाई
सुख–दुःख रङ्गिन्छन् कहिले, मानव–जीवनका दुई रङ्ग
कहिले प्रेम–शशिको प्रकाशमा हृदयोदधिको जवार
कहिले पातपातमा टल्किरहने अनन्तताको शीत
विश्व–गीतमा नाचिरहेको सौन्दर्यको काखबीच
निर्झर पर्वत, वनहरुमा सौन्दर्यको जति छाप छ
मानव–आत्मामा उत्तिकै त्यै रमणीयताको भाग छ !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts