Gopal Prasad Rimal – Prashna

Gopal Prasad Rimal – Prashna

नेपाली तिमी यहाँ किन आयौ ?गोरखाली हौ,गोरक्षाको भार लिई
बढ्दैबढ्दै आयौ ? नेपाली

तिम्रै गुफा कन्दराहरुमा
देखेथ्यो जगले पहिलो सपना,तिम्रै वनमा पलेटी कसेर
सफल भएथ्यो ऋषिहरुको जपना,पाएथे अन्धजगत्मा
बल्दो उज्वल दीपके त्यही दीप लिई तिमी
बढ्दै आयौ दुनियाँमा ? नेपालीआदर्शझैँ उच्च,विस्तृत विशाल हृदयझैँ,सत्य छुन बढेका,या सतयका रुप भै उठेका
मनका लहरझैं सुन्दर
हिमालको रुपमा
अमरापुरीको पथ तिम्रैके सबैले स्वर्ग पुगेर
स्वर्गको सुन्दर कहानी भनेर,फूलको माला लिन
घुम्दै आयौ यहाँ ? नेपालीया बिजुलीका कणझैं प्राण वरिपरि
पञ्चभूतको आवरण बेह्री
तिमी बर्सने बादलझैँ
आह्र्लँदा कर्मजगतमा,कुनै विपरीत हुरीले
फेरो मार्यो पथमा ?नेपाली

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts