Laxmi Prasad Devkota – Aho ! Malai Tajoob Lagchha
क.थलथल माछो नृसिंह जाग्छ !वानस्पत अणु मङ्गल माग्छ !बानर एउटा चन्द्रमा ताक्छ !अहो ! मलाई ताजूब लाग्छ !
ख.मृतकणी औ किरणको शादी,थियो अगाडि !एक प्यारको स्पन्दन जाग्छ !कस्तो त्यसको सन्तति अगणित,दुनियाँ ढाक्छ !माछो, कछुवा, वराह, वामन !इतिहास लाग्छ !अहो ! मलाई ताजूब लाग्छ !
ग.कोही अदुभुत मिरमिर सिँढीमा
ढीलो सुस्त,चढिरहेको जस्तो लाग्छ !अस्ति आजको अन्तर देखी,चमत्कार नै निहुरी भाग्छ !भोलि कल्पन हुन्छ असम्भव,क्षितिज किनारा पर, पर लाग्छ !अहो ! मलाई ताजूब लाग्छ !
ढीलो सुस्त,चढिरहेको जस्तो लाग्छ !अस्ति आजको अन्तर देखी,चमत्कार नै निहुरी भाग्छ !भोलि कल्पन हुन्छ असम्भव,क्षितिज किनारा पर, पर लाग्छ !अहो ! मलाई ताजूब लाग्छ !
घ.अङ्ग पल्हायो, अङ्ग बिलायो !छैटौँ इन्द्रिय यसको क्या हो ?किरणकणीले आत्मा बेह्री
मासुरङ्गको, पृथिवीको क्या !पोशाक लगायो !जल, थल, नभको विजयी बन्न
मन्त्रदान के यसले पायो ?कालकर नै पक्री गिज्यायो !मृत्यु छिचोली हेर्ने ताक छ !अहो ! मलाई ताजूब लाग्छ !
मासुरङ्गको, पृथिवीको क्या !पोशाक लगायो !जल, थल, नभको विजयी बन्न
मन्त्रदान के यसले पायो ?कालकर नै पक्री गिज्यायो !मृत्यु छिचोली हेर्ने ताक छ !अहो ! मलाई ताजूब लाग्छ !
ङ.आफ्नै वेगले हार, गुहारमा,पुच्छ्रे तारो यो आकाश–किनारमा !परमाणु फुटाई आफ्नै, निभ्छ कि ?आफ्नै किरणले, आफ्नै घरमा ?राम बालक छ, रावण जाग्छ,कैलाश हिलाई शक्ति नै माग्छ !कसले जित्दछ ? कसले राज्छ ?यस लङ्कामा भीषण भाग छ !अहो ! मलाई ताजूब लाग्छ !
च.खण्डहरहरुको सपना देख्दछु !माकुरोको जेहेनी जाली !कमिला गजबका शहर बनाउँछन्,प्रबन्ध निकाली !भीर पुगेका बस्तु देख्दछु,कोही डाक्छ !तर्सी उठ्दछु झट्ट कहाली !सातो भाग्छ
अहो ! मलाई ताजूब लाग्छ !
अहो ! मलाई ताजूब लाग्छ !
छ.कुन होला त्यो, तारा–जङ्गल
—फूलको धागो, जसले गाँस्छ !रातभर कहिले सुत्दिन, साथी !त्यो धागोको छेउ भेट्टाई,तानूँ तानूँ जस्तो लाग्छ !मुटुभन्दा झन् गिदी पो दगु¥यो !यसमा अभाग छ !मन्त्रले आँधी हान्ने ढुक्कुर,पक्रूँ भन्दा किन पर भाग्छ !खलबल मन भो, निद्रा नलाग्छ !शङ्का, आशा किन यति जाग्छ ?अहो ! मलाई ताजूब लाग्छ ?

ज.चन्द्रमाले यो जाति
माथि डाक्छ ?मङ्गलमा के नव आबादी
यसको लाग्छ ?बन्ला हृदय कि ? सीमा नाघ्छ ?अहो ! मलाई ताजूब लाग्छ !
माथि डाक्छ ?मङ्गलमा के नव आबादी
यसको लाग्छ ?बन्ला हृदय कि ? सीमा नाघ्छ ?अहो ! मलाई ताजूब लाग्छ !
No comments:
Post a Comment