Laxmi Prasad Devkota – Manis Birat
क.सहस्रशीर्ष, सहस्रपाद !झल्किरहेछ एक विराट् !
ख.अल्प सहस्र संवत्सरले केवल, जिनतिन,अल्पोच्चोरित,उसका इङ्गित
हामी सारा नेपाली हुँ !हाम्रो देश छ हाल,एक अनाविष्कृत केवल,एक अनुच्चारित, कल्पनु
परको, लोक कमाल !अदृष्ट विशाल ! नेपाल !
हामी सारा नेपाली हुँ !हाम्रो देश छ हाल,एक अनाविष्कृत केवल,एक अनुच्चारित, कल्पनु
परको, लोक कमाल !अदृष्ट विशाल ! नेपाल !
ग.नागहृद्मा वनकणीमा,मानिस जन्म्यो,हरियो फूल !सम्भावनाको क्षितिजद्धारमा,प्रथम पर्वतको यो किनारमा !माछो, कछुवा, वराह र वामन,बन्दै दारमा !सिंढी चढ्दो, बढ्दो अगाडि,पूर्ण पछाडि, पुकारमा !
घ.माटो फूल भो
ओठको लागि !बास्नी खुल्न !फूल, चरा भो,उड्न र बोल्न !पछि भो पन्छी,सुन्दरलाई,पिउन, उछल्न !मानिस हुन गो !मुटु विराट्को
छाम्न, छिचोल्न !
ओठको लागि !बास्नी खुल्न !फूल, चरा भो,उड्न र बोल्न !पछि भो पन्छी,सुन्दरलाई,पिउन, उछल्न !मानिस हुन गो !मुटु विराट्को
छाम्न, छिचोल्न !
ङ.कोरा मानिस, हिउँको थुप्रो !खाडी, बाढी !मानव–पदार्थ सब–माटो, हावा,अग्नि अनादि !
च.विकृत मानिस, सर्प, भ्यागुता,गोही, डाँस !घूँघा, गधा !या सिस्नो, बाँस !मानिस एउटा बनिरहेछ !
‘सोऽहं, सोऽहं !’ भनिरहेछ !
‘सोऽहं, सोऽहं !’ भनिरहेछ !
छ.हामी तारा धूली धुलेका,मन्दोष्ण कणी,ताराका हुँ हामी पनाति,नेबुलाका हामी जनाति,सूर्यका नाति,पृथ्वीका छोरा ।
चन्द्रका भाइ, बहिनी पनि !स्वर गङ्गामा !पछिको पोषण सार यहाँ छ !पृथिवीमा !यहाँ विराट्को एउटै मुटुको
ढुकढुक चल्छ !कोटी पादले कोही चल्छ ।
कोटी शीर्षले कोही टटोल्छ ।
कोही बोल्छ ।
चन्द्रका भाइ, बहिनी पनि !स्वर गङ्गामा !पछिको पोषण सार यहाँ छ !पृथिवीमा !यहाँ विराट्को एउटै मुटुको
ढुकढुक चल्छ !कोटी पादले कोही चल्छ ।
कोटी शीर्षले कोही टटोल्छ ।
कोही बोल्छ ।
ज.बहिनी रेणु ! दाज्यू हिमाल !हामी उसका जीवकणी हुँ !एउटै मानिस सबमा दुगुर्छ,प्रति चेष्टाले उसका, हामी,एक एकमा एक अनन्त,अखिल धनी हुँ !
झ.मिरमिर मानिस माटोमा छ !तिरमिर मानिस सूर्य किरणमा !छिरबिर मानिस वनमा त्यहाँ छ !एउटा मानिस झल्किरहेछ,सब वस्तुमा, सब जनमा !
ञ.पूरा, अधूरा
मिरमिर ! किरमिर !एउटा मुटुको ढुकढुक, ढुकढुक !एक कल्पना, छिर िबर, छिरबिर !एक रुधिरको धावन, सिरसिर !
मिरमिर ! किरमिर !एउटा मुटुको ढुकढुक, ढुकढुक !एक कल्पना, छिर िबर, छिरबिर !एक रुधिरको धावन, सिरसिर !
ट.विश्वहरुको जोड गरीकन,एउटा विश्व बन्यो !विश्वहरुका राजा मिलीकन
एउटा राजा बन्यो !
एउटा राजा बन्यो !
ठ.एउटा मानिस ढाक्दछ नेपाल !थल, जल, आकाश !निल्दछ देश र निल्दछ काल !बन्छ विशाल !विश्व जीवनीको गाना गाउँछ !मीठो ठाँट !मानिस विराट् !
No comments:
Post a Comment