Laxmi Prasad Devkota – Dhobini Le Pagali Boli
क.ओखरको त्यो हाँगामाथि
कुखुराहरुले कनिका चोर्दा,ब्रह्मवेला झुकी सोहोर्दा,दोसाँध हुँदामा दिनको जाति,मारी एक चरीले गोली,मीठो, तीखो, भनूँ के ? साथी !मीठो, तीखो, भनूँ के ? साथी !धोबिनीले पगली बोली !
कुखुराहरुले कनिका चोर्दा,ब्रह्मवेला झुकी सोहोर्दा,दोसाँध हुँदामा दिनको जाति,मारी एक चरीले गोली,मीठो, तीखो, भनूँ के ? साथी !मीठो, तीखो, भनूँ के ? साथी !धोबिनीले पगली बोली !
ख.डोली डोली जब त्यो बोली !खुल्न नसक्ने दुनियाँ खोली !स्वपना, बिपनाको छ किनारा,भागिसकी छ साथ सुतेकी,प्यारी, वयसी, लजिली मेरी,मस्त सँगी पनि, सँभली सारा,निद्रा नाउँ, निशाकी डोली !धोबिनीले पगली बोली !
ग.विचित्र हुन्छन् क्षणहरु कोही,बिपना मुस्की, सपना रोई !त्यस क्षणमा क्या अमृत घोली !बोधिसत्वले जाग्यो बोली !त्यसका सुरमा किरण कराए,छोटा निशि–निर्वाण डराए,यस्तो सनातन स्वप्न छिचोली !स्वर्गद्धारका कवुजा कराए !प्रलयका सब सेना डराए !विजयी दिनकर उक्ले चूली !धोबिनीले पगली बोली !
घ.हिमाल कहलका मैला कपडा
कूचो बढारिसकेकी उषाले
फ्याँकिरहिथिन् झोला झोली !धोए किरणहरुले कलिला
रङ्ग अनेकन घोली, घोली,उम्लिसकेको भाँडो अडाई,उदय शिखरमा ढल्काएर जादू घोली !धोबिनीले पगली बोली !
कूचो बढारिसकेकी उषाले
फ्याँकिरहिथिन् झोला झोली !धोए किरणहरुले कलिला
रङ्ग अनेकन घोली, घोली,उम्लिसकेको भाँडो अडाई,उदय शिखरमा ढल्काएर जादू घोली !धोबिनीले पगली बोली !
ङ.एक कुसुमले अङ्ग बटारिन्
चट्ट अडीकन चदर सँभारिन्,सुनी सुनौला युगको बोली !उनको मुटुको कचौराभित्र
अडिरहेको बिन्दु पवित्र
ढुल्क्यो मोती सरि अनमोली !
चट्ट अडीकन चदर सँभारिन्,सुनी सुनौला युगको बोली !उनको मुटुको कचौराभित्र
अडिरहेको बिन्दु पवित्र
ढुल्क्यो मोती सरि अनमोली !
च.घन निद्राकको तकियामाथि
सुतिरहेको मलाई साथी !घच्काइदियो त्यो स्वरले छिचोली
स्वप्नदेखिन् विउँझिरहेथेँ,झन् राम्रो क्या बिपना खोली !प्रथम रश्मिले सेता हिमाली,मन्दिरचूड सुनौला, माछा !पक्रिन आफ्नो जाली डाली !पुराना मशीहाहरुका आत्मा,बोले जागी,
“हेर ! यसैले धम्र्म निकाली !”प्रगतिरथका घोडा सुनिए,हिनहिन गर्दा उदयाचलमा
याल अफाली !जागृत दुनियाँ मैले देखें
फालिरहेका दृगका जाली !

छ.अनुप्राणित भो देशाकाश !शहीदहरुको रक्ताभास
बोल्यो उसको सुरमा डोली !
“जीवन भन्नु यही, यही हो
हाँसी खेल्नु जीवनहोली !”युगवाणीले आकाश ठटायो
उड ती पङ्खका चाली टोली
धोबिनीले जब त्यो बोली !
बोल्यो उसको सुरमा डोली !
“जीवन भन्नु यही, यही हो
हाँसी खेल्नु जीवनहोली !”युगवाणीले आकाश ठटायो
उड ती पङ्खका चाली टोली
धोबिनीले जब त्यो बोली !
ज.आँशु हराए स्वर्ग भरीभर
धप्क्यो कविको दिलझैं अम्बर !अनन्त जस्तो सानो क्षणमा
सुवर्ण ज्वाला पिएँ नयनमा,विजयी भो कवि अंशुमाली !उषा आई स्वयंवर गर्छिन्, मेरै मेरै !
“ए तमोहर ! उषावाला
तेरै, तेरै भर पर्छिन् !”भन्दै पगली कुर्लिन् थाली !

झ.आँखा पागल हेरन ! साथी !विचित्र ज्योतिले आज समाती !किरण गान क्या कानमा घोली !धप्किरहेछु अकाय, म शुक्र,अब्रण कविझैं युग यो टटोली !मुटु अब गाउँछ जीवन होली,तर्स मदेखिन्, पर सर केही !आगो भयो अब नाङ्गो देही !बोल्छु फिलिङ्गो,हेर्दछु ज्वाला,के भो ! के भो ! आज मलाई
सुगन्ध निस्क्यो माटो खोली !त्यसका सुर, सुर भिजे नशामा
पगली जब त्यो,ओखर हाँगा बीचका बोली !आज म भावी युगको गीत बोलिरहेछु, ती सुर बटुली
धाकी चोली ?धोबिनीले पगली बोली !
सुगन्ध निस्क्यो माटो खोली !त्यसका सुर, सुर भिजे नशामा
पगली जब त्यो,ओखर हाँगा बीचका बोली !आज म भावी युगको गीत बोलिरहेछु, ती सुर बटुली
धाकी चोली ?धोबिनीले पगली बोली !
No comments:
Post a Comment