Laxmi Prasad Devkota – Ek Asar Ko Bihana

Laxmi Prasad Devkota – Ek Asar Ko Bihana

.दिनकरको बीउ झन्डै उम्यो
मिरिमिरिमाटो फारी, दृश्य
बदली निशिभर गाइरहिथिन्
प्रकृति, तिनले रोपिन् अवश्य !

.हेर ! टुसाई आउँछ कलिलो,लाल पत्ती ली दुई बादल !मानो लुँडेका बीज पलाउँदा
हात ठटाउँदा खुशी बालकदल,जस्तो मेरो, पन्छी, पशुको,उफ्यो दिल दिल !
.फुल्दछ, फुल्दछ ढकमक बन्दै
रातोपहेंलो
यसका सुगन्ध मशीहा चोर्छन्
सुँघिरहेछु
गरिरहेछु चोर्ने मेलो !
.यसको केशर पर्दछ चुली
पन्छी चुम्छन्
पर्वतमुनिले मन्त्र सुनीकन,यसको रहस्य,
भूर्भुव स्वः भूर्भुव स्वःतिनका आँगमा
बिरुवा उँग्छन्
.यो रोप्ने को ? यो रोप्ने को ?जोडाजोडी ?कस्ती राम्री होलिन् तिनी
कस्तो सुन्दर तिनको प्रेमी !कल्पिरहेछु ताना छोडी !भावहरुका उब्जिरहेछन् हरिया शस्य
गाई एउटा मन्त्र, रहस्य !भूर्भुव स्वः भूर्भुव स्वः
.जप्छ दुभो पनि यही गायत्री
सजल सिरसिर,दिलले अवश्य !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts