Laxmi Prasad Devkota – Mero Dharma

Laxmi Prasad Devkota – Mero Dharma

.सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनाले
क्या फीँज निकाले !किरण छरी दी तब कल्पनाले !लडकादिलमा रहने कविले धरम निकाले, कथा सँगाले !

.पुजारी डर भो, भक्त भो,अज्ञातलाई अज्ञेय पारी
रचेर मन्दिर, कुँदी बसाले !अनेक बान्की दिई छिनाले !
.बालक ऋषिका कथा मीठा छन्, सुन्छु सुन्छु !यो कल्पनाको परी जगत्मा, रसले घुम्छु रसले घुम्छु !सफा खोजी विचित्र मीठो, मग्न हुन्छु, सतृष्ण हुन्छु !
.बगिरहेको मलाई जल देऊ !सुकोस्, पुगोस् वा पयोधि दूर !मलाई केवल समुद्र तृष्णा
छचल्किएको, ध्वनि प्रचुर !
.मलाई शङ्का सँगी रहन्छे !मभित्र थोरै भित्रको ज्ञान
तथापि घुम्दो नागबेली,तरङ्ग मेरो, समुद्रको गान !यता लरबर,उता आह्वान !
.विदित चिरेर किनार पारी, लगाउँदो छु फूलबारी !नभेटिएको, नछोइएको,प्रवाहको तर प्राण जारी !
. गर्तमा गै, “समुद्र छैनभनें बराबर, अडी शिथिल प्राण !बराबर निस्कें, नभेटिए त्यो,मीठो भन्दै मनुष्यनिम्ति
मरुमा कुर्वान !
. आफूभन्दा अगाडि खोज्छु, आफूभन्दा पछाडि गाँस्छु ! जलहरुमा झझल्किएको
सतृष्णताको गति मिठास छु !
.यहाँ छवि , वहाँ छाया,झिमिक झिमिकमा धधप्प, झप्प !जो भेटिएको त्यहीं अडेर
यही हो भन्ने हठ प्रदर्शन
लिन्न,बग्छु, भजी अलभ्य !
.
फटिकको मन्त्र लिई बगेथें,जहाँ माटो ! एक निर्मल पछाडिकलकल’–ले लिन्छ बाटो !
.कहिलेकाहीं किरणको कर ली
कदम दुइचर !टिपी झलक त्यो बनाऊँ ठेली ! बग्छु लाचार !
. धम्र्म के हो ? सदा पिपासा, त्यसको भाषा, तृप्तिआशा !अनन्त पाए, घुसेर उरमा,सँगेटी सब धार
निदाउनु एकबार !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts