Laxmi Prasad Devkota – Ek Bihana
क.उषा चढिन् रे सल्लो !स्वर्ग भयो आकाश उपल्लो !त्यसको मछाया,ताल धरामा, तल्लो !
सुन्दरताले झस्केको, वायुमण्डल
हाल्यो !प्रतिस्पर्शले क्या बादल बल्लीे ,फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो !
ख.पन्छी–गाना उडाइन् तिनले ।
श्रवण भरीकन,फुलको कोभी आँखा भल्यो !के, के तिनले गाइरहिछन् ?सृष्टि रसिलो, लाल सुरा भै,कसरी उछल्यो ! कसरी उछल्यो !
श्रवण भरीकन,फुलको कोभी आँखा भल्यो !के, के तिनले गाइरहिछन् ?सृष्टि रसिलो, लाल सुरा भै,कसरी उछल्यो ! कसरी उछल्यो !
ग.आदिपुरुस ? औ प्रकृतिदेवी
खेल्छन् जुहारी रङ्गमा !सुनिरहेछु, स्वर्गकी बाला !पर्वतमाला, मिरमिर पुराना,गुन्जिरहेछन् ढङ्ग, ढङ्गमा !जन्मिरहेछन् दिवस जगत्को,चल्छ किरणको डल्लो !
खेल्छन् जुहारी रङ्गमा !सुनिरहेछु, स्वर्गकी बाला !पर्वतमाला, मिरमिर पुराना,गुन्जिरहेछन् ढङ्ग, ढङ्गमा !जन्मिरहेछन् दिवस जगत्को,चल्छ किरणको डल्लो !
घ.अप्सराकी ए ! रानी ! तिमी,छवि–खानी !देवदारुको ऊँचा उपवन,डुल्न आई, दिन्छयनै दर्शन !स्फटिकमहलको द्धार उघारी,दिनदिन, पखमा
मधुर बिहानी !आनन्द जम्यो क्या ! मुटु डल्लो !
मधुर बिहानी !आनन्द जम्यो क्या ! मुटु डल्लो !
ङ.भेडा गोठाला बतासहरु छन् !राज्यमा तिम्रो काम छ ऊनको ?जलप छ सुनको ?मसिना सोनार ?चित्रकार ?मेषचारको कान्तिपुरीमा
तिम्रो विहार ?भाषा रल्यो ! भाषा रल्यो !
तिम्रो विहार ?भाषा रल्यो ! भाषा रल्यो !
च.मुसकानहरुमा संसार शुरु भो
स्पर्शमा, प्राणको सञ्चार शुरु भो !ज्योतिदानमा गुञ्जार शुरु भो !सुमुखी !गुँडको चरो यो भन्दछ नीड–हि
छोडूँ कि ?उडूँ, उडूँमै डल्यो !
स्पर्शमा, प्राणको सञ्चार शुरु भो !ज्योतिदानमा गुञ्जार शुरु भो !सुमुखी !गुँडको चरो यो भन्दछ नीड–हि
छोडूँ कि ?उडूँ, उडूँमै डल्यो !
छ.शून्य रङ्गियो !जगत् भङ्गियो !अनङ्ग अङ्गियो, तल हेरी !प्यार जन्मियो, सुन्दरताको,जनमन, जादू बेरी !मूर्त देख्छु मुहूर्तमा यो !कविता ? मेरी ?जीवन जल भो, कलकल्यो !
ज.ऊ ! ऊ ! बादल बल्लीमा
लाग्यो दिनको चिचिल्लो !सृष्टिदेवीको मुसकान
—लाई हामी भन्छौ बिहान !हे गौरी ! क्या ब्रीडासुन्दर
मुखमा लाली उछल्यो !
लाग्यो दिनको चिचिल्लो !सृष्टिदेवीको मुसकान
—लाई हामी भन्छौ बिहान !हे गौरी ! क्या ब्रीडासुन्दर
मुखमा लाली उछल्यो !
झ.स्वर्ग र पृथिवी ओठ अरुणझै
चुम्बन गर्छन् । मस्कन्छन् !मिठास पाई, स्मितिमा मनोहर
लच्कन्छन् !भाव बनीगो चुली उपल्लो !भाषा लागी बन्न रे खल्लो !उषा चढिन् रे सल्लो !
चुम्बन गर्छन् । मस्कन्छन् !मिठास पाई, स्मितिमा मनोहर
लच्कन्छन् !भाव बनीगो चुली उपल्लो !भाषा लागी बन्न रे खल्लो !उषा चढिन् रे सल्लो !
No comments:
Post a Comment