Laxmi Prasad Devkota – Hami Nepali
क.
एशियाली जागृति–युग–शिशु
हामी उषासुत नयपाली
हामी हिमालय–तनय पिपासु
चढेन चुचुरा करमाली ।
हामी उषासुत नयपाली
हामी हिमालय–तनय पिपासु
चढेन चुचुरा करमाली ।
ख.
हामी बुद्धका भूका उद्भिज
जानकी–फूलका मधु–आली,अरनिकोका अङ्गुल–ज्योति,पृथिवी–नारायण बाली ।
जानकी–फूलका मधु–आली,अरनिकोका अङ्गुल–ज्योति,पृथिवी–नारायण बाली ।
ग.
त्रिभुवनका हौं स्वप्न सुनौला,महेन्द् उपवन पौधाली
बाघहरुका जोरी–पारी हुँ,प्रजातन्त्रका पहराली ।
बाघहरुका जोरी–पारी हुँ,प्रजातन्त्रका पहराली ।
घ.
मानवताका ढुक्कुर–कुर्लन,कल्पन डाँफे–रङ्गजाली,मुनिका समाधिहरुको कुसुमको
सुगन्ध लहर हुँ हैमाली ।
सुगन्ध लहर हुँ हैमाली ।
ङ.
घनी विपिनका चिडिया हामी,प्यार कुर्लिंदा जगडाली,मानवताका पर्वत–मन्दिर,स्थायी शान्तिका सञ्चाली ।
च.
भारत–पोषक हिमगिरि–उरिका
उदार द्रव हुँ नग–जाली,हामी पूर्वका देवदूतका हुँ,प्रथम रश्मिका देशाली ।
उदार द्रव हुँ नग–जाली,हामी पूर्वका देवदूतका हुँ,प्रथम रश्मिका देशाली ।
छ.
भूमण्डलका गोल–सदनका
अंशियार हुँ, एक थाली
न्यौछावरका पुजारी हुँ
विश्व–मानव नयपाली ।
अंशियार हुँ, एक थाली
न्यौछावरका पुजारी हुँ
विश्व–मानव नयपाली ।
No comments:
Post a Comment