Laxmi Prasad Devkota – Rani Ban

Laxmi Prasad Devkota – Rani Ban

.
यिन गिरिमा, हो
सभ्यताका नीला, गाढा, प्रकृत गढमा,फरफर पताका, शाखा !बल्लीहरुको दरबाजामा,फूल छन् पहरा लाखाँ !


.
शीतलताको दरवार बनाई
वनरानी,वायुपङ्खी अखपरीसँग,सुन्छिन्,सुन्दर बादलकहानी !

.
वृन्दावनका मुरली सम्झी
दल नाच्छन् !महेश खोलो, पाषाण तरङ्गी
ओर्लिरहन्छ, ओर्लिरहन्छ,त्रिशूली, त्रिशूली बोलिरहन्छ, कुर्लिरहन्छ,भेट्न सधैंभर, नअघाई,उर्लिरहन्छ, उर्लिरहन्छ !अगणित भेट अविरल ध्वनिहरु,प्यारका जोडी, युगयुग, तटमा,साँच्छन् !

.
पर छन् ईँट, पर छन् चून !बोधा, अन्धा !रानीवन छन् अविकृत युगकी
मिरमिर कहानी सानीजसकी दिदी हुन् वृन्दा !

.
होला कोही मिरमिर कहानीकसरी कुनै दिन क्वै नानी,यस वनकी फूल, उटज फुलेकी,भइन् जगतेकी रानी !

.
यिनका दिल छन् ढुक्कुर, ढुक्कुर !यिनका बोली, जुरेली !भरखर बोली एक हाँगामा
एउटी प्यारसुरीली !

.
यस खोलाका लहराभित्र
लाग्छन् चिचिल्ला मनरसका !प्रकृतिरानीको राज्य पवित्र !शहरउपल्ला यी स्तरमा छन्
चोखा कुसुमहरु दिलखुशका !झुठा हाम्रा व्यापारहरुकन
छन् झल्का !

.
खोला ! दे करले लेखी
सुन्दर एक शिलापत्र !एक बटुवाको नागरिकताको
इच्छा एक विचित्र

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts