Laxmi Prasad Devkota – Indreni

Laxmi Prasad Devkota – Indreni

क.
पग्ले सृजन–घन, हे साउन
रङ्ग–धनी
लच्की ललित रे चुली चुली
गाँसी, कलाकी
इन्द्रेनी !

ख.
वाष्पद्रवमा किरण–बुना यो
धनुष नवीन !हान्दछ, कुसुमशर दृग–दिलमा !झन्कार्दछ क्या
भाव नवीन !
ग.
पहिलो कवि पछि लोचनका
सलिलकण
किरण चढेथे, किरण लडेथे
स्वर्ग पुगीकन,अवनी छुन !
घ.
सत्य नै के यसरी पहिले
पग्ल्यो होला
रङ्ग–पागल ?सृष्टिपरीका चुहे परेला
यसरी झझल्की,पहिले लगाई,यो गाजल ?नवीन वधूका दुःखसुख मिसिई,झल्लरमा झलझल ?
ङ.
अश्रुत सप्तस्वर निर्झरिणी
के यो ?घाम–छायाको मायाको के
शादी सुन्दर ?रङ्ग–निर्झर ?दुःखसुख झरझर ?स्वर बरबर ?
च.
जादूचरी सलिल–तनीको कुसुमे लच्को
चुली, चुली, साँघु बाँधी,दिव्य प्रदर्शन किन यो मचियो ?गाउँछन् मसिना बुलबुलचरी !वाह ! कलाको, दृश्य, श्रव्यमा,विजयधुरी !
छ.
भन, किन हो ए ! झल्केकी ?स्वर्ग र पृथिवी टूट,सुन–नर–फूट,जोर्न तिमी छौ
पल्केकी ?
ज.
बोक्सी बत्ती स्फुटिट किरणकी
रङ्गिली बन्ध !घन जलकण सब हुन्छन् पतङ्ग !ज्वलन छ तिनको
चरमानन्द !
झ.
मर्न सिकाऊ बादललाई
बलिदानी !फुर्न सिकाऊ भू–लाई हे !इन्द्रानी !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts