Laxmi Prasad Devkota – Magh Ko Khuleko Bihana Ko Jap

Laxmi Prasad Devkota – Magh Ko Khuleko Bihana Ko Jap

क.
क्या खुल्यो बिहान आज !नीलिमाले फाली
सकल घुम्टो जाली !

ख.
वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो !अभिराम क्या यो !रात प्रातः आयो !क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो !दिविमा जन्म ली दयाले !करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो !कुँज्छन् हृदय डाली !दर्शनभिलाषीलाई दिव्य देव प्रकट हुन्छन्
उक्ले अंशुमाली !
ग.
भस्मीभूत दिन–चरी उड्छ भै सुनौला !मानवी भविष्यको यो गाउँछ गान नौला !एक अचल–चित्र तरुले औंला एक उचाली
अमृत रश्मि नै इशार्छ, सिद्ध निज समाधिलाई
लोक निम्ति फाली !रश्मिलाई बुन्न दिन्छु
दिलमा, भावजाली
घ.
प्राततारा ब्रह्मा अल्पे
जसले सृष्टि कल्पे
एक सफा डफ्फा बकुल्ला पौडिए उज्याली !जीवनीका गतिका सुखका जीव–पङ्ख चाली !खोजको आरम्भ हुन्छ
चल्छ जगत्, आफ्ना पयर
सडकमा उचाली !
ङ.
द्रुम शिखामा छवि–विहङ्ग प्रथम झरेर बसे !गुप्त इन्द्रधनुष ध्वनिको गुन्जन गाएर खसे !मेरो भित्र चिडिया लाग्यो कुर्लन, पङ्ख चाली ।
च.
स्वर्ग झर्छ, पृथिवी उड्छिन्, हिमालचुलीमा भेटी !चुंबिदा छन्, लाल मदिर–अधर, अँगालो हाली !अब सँभालिएर बस्छन्, मुस्केर हेर ! साथ,प्रातःको कहानी हाली ! ऊष्म रङ्ग फाली !
छ.
सृष्टि लाउँछे वसन सुन्दर,मधुर मातले छाली !चञ्चले भाउले चाली !पाँच द्धारबाट घुस्दछ उदय–सङ्गीत–धारा !पन्छी मान्छ पिंजरा सन्चो,दोहोर्याउँछ गीत ती सास !
ज.
धुस्नो सुकुलमाथि कवि छ, छिया छ पराल जालो !एक–सिङ्गी गाई साथ लँगडो कुकुर खालि !सुख हो भन्छौ जिन्दगी यो,किरण आँगमा हाली !
झ.
मृत्यु चिसो हुन्छ भन्छन्,तातो अमृत थाली !झारपात भज्न लागे गायत्रीको मन्त्र,किरणतर्फ आफूलाई माटोमा उचाली !ए वरेण्यं भर्गस् ! सविता !प्रेर भन्छु आत्मालाई, जहाँ, छौ ज्योतिको थाली !विनत छु, सिकाऊ देव !जित्न मृत्यु जाली ।

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts