Laxmi Prasad Devkota – Jyapu
छाती चिरीकन पृथिवीको दूध
चुस्छन् मानिस,दुहुने मै हुँ ।
धूप झरीमा आत्मा परिशुद्ध
बर्ख यी तनी बीस
नहुँदो भौँ हुँ !
चुस्छन् मानिस,दुहुने मै हुँ ।
धूप झरीमा आत्मा परिशुद्ध
बर्ख यी तनी बीस
नहुँदो भौँ हुँ !
श्रृङ्गार हिलो, नङ्गा फिलो,आँखा चमचम,आदिम खनुवा,शरीर शिला र कलेजा गिलो
चिथरा सिमसिम,एकलो मनुवा ।
धान धापमा रीप छ टापू,कुहिँदो छाना,पत्थर सिरान,तीन पुस्तातक बन्धक आपूmपितृ नाना,बन्धक चिहान ।
सम्पत् पित्तलको यो थाली,हाँडी काली,गोल्पूm, घैँटो,धुजारु दौरा झिलमिल जाली,चिथ्रे डाली,गोबर गुँइठो
साथी भन्नु कानो कुक्कुर,लुते घाँटी,उपियाँदार ।
मालिक भन्दछ कुइँकुइँ थुरथुर,भुक्तछ छ राति,धन–रखबार ।
विवाह स्वपना सरि झैँ पर भो,वायुको बीज,टिप्ला काक,पृथिवी फलाएँ, अरुको घर गो,बलि हो एक चीज,ईश्वर अवाक् !
No comments:
Post a Comment