Laxmi Prasad Devkota – Paap Ko Gunaso

Laxmi Prasad Devkota – Paap Ko Gunaso

.
पापहो है नाम मेरो !पुरुष बाबा, प्रकेति आमा !देश नरनारीको घेरो !मासु मन्दिर, बास खास !मज्जा खोपी !मन, चमन !पन्छी, पशुको छुन्न जङ्गल !मानवता सिमाना मेरो !त्यसको इतिहास सेरोफेरो !


.नित्य वाञ्छित !नित्य निन्दित ! नित्य लाञ्छित !कम्र्म मेरो !अधिकांश दिलको ओट पाई,
मीठोभनाई,नाउँ एउटा खोट मेरो !जाँच सब दुनियाँको अन्तर !राज मेरो !दिनको उज्यालोले लुकाउँछ,ताज मेरो !ओठ झूठाको थकाई
आज मेरो !
पापहो नाउँ अभागी !साथी ! मेरो !

.एकान्तमा पक्री मलाई
भन्न आउँछौ, “ साथी !डुल्न जाऊँ आज राति !”भोलि बिहान दुनियाँ सामु
गर्दछौ गाली नजाती !नीचता हो पापभन्दा नीच साथी !इन्कार गरिदिऊँ साथ चल्न,लौ दुनियाँ बाँचोस् आधी !नेता बाँचून् ! जेता बाँचून् !साधु बाँचून् !अपार सहन हो धम्र्म मेरो !सच्चा साधु कसले हे¥यो ?गर्दैनन् पूजा रे दिनमा !
पापहो प्रख्याति मेरो !

.धम्र्मको गादी चढायौ,बस्दिएँ !मम्र्म शठका ठुँग् भनेथ्यो,डस्दिएँ !रौंचिरा पण्डितहरुकन
नश दिएँ !
सूक्ष्म रुपले !’ जो भनेथ्यौ
रस लिएँ !बेहोशमा बखर दुनियाँ !खुश रहें !
सुष्टिमा बस्, रँगा !’ भनेथ्यौ !रँगिदिएँ
ईश्वर ! मेरो पाप के हो ?श्राप के यो ?निन्दा सधैंको ?ठस्किएँ !

.मासुको गुलाफबागमा
मनु महाराज शैर गर्छन्,लेख्छन् ढेरी !परामर्शदाता मैं थिए तब !मेरो निन्दा आज फेरि ?गोल अनुभवलाई चिर्दै
धम्र्म, पापै फ्याक पारे !छाया, उज्याला सृष्टि हो ,छाया हुनाले के बिगारेँ ?मेरा निन्दाले बनून् सब !हे महाजन ! आशीर्वाद
लेऊ घनेरो !ज्ञान भन्नु, केवल चिन्नु
रुप मेरो !

.विधिको रथको बायाँ पाङ्ग्रो !काम मेरो निन्दा गर्छ
जगत् ग्वाङ्ग्रो !मै विना अवतार हुन्नन् !बादल हुन्नन् !वज्रले भूलाई छुन्नन् !मै विना, ईश्वर नउठ्छन्,नित्य सुत्छन् !उराठलाग्दो हुन्छ दुनियाँ,रङ्गविनाको बोधो धैरो !इन्द्रेनीझैं महिमा मेरो कसले हे¥यो ?पाप, निन्दित अभिधा मेरो !

.दुनियाँ खिचडी खान्छ भाई !मरे मशीहा चिन्नलाई !

.के उज्यालो मात्र सुन्दर ?जो अँध्याराले जिलाउँछ ?सृष्टिमा आत्माले, हेर !माटोको पोशाक लाउँछ !कामको हुँ दिव्य छोरो !घृणित केवल नाम मेरो !

.कामलाई पाप भन्छौ ?पापका छौ पुत्र सारा
पापविनु यो चल्ला जगतेका
अविरल धारा ?

.काम जल्दा, शिव, उमाका,पाचुके भै गो ?लीला गै गो ?सन्यास लिए पनि
शठ थिए शिव ?पुत्र भै गो !शम्भुलाई पार्वतीले के खिंचिनन् ?नत्र संसार कसरी सर्छ ?त्रिकोण यसमा हिल्नैपर्छ !त्रिशूल यसमा हिल्नैपर्छ !इन्दिय्र का म्खु पार्छन् बन्द ?पशुपालक ती मालिकले ?पापधर्मबुना छन् प्रकृति !चिन्छन् मलाई हाय ! कति !

.प्रलयहरुले माया खाए !सृष्टिहरुले जगाए !माटोभित्र आत्मा डुलेर,पाप धम्र्म छुट्टयाए !तर दुनियाँमा लटा बढाई
कतिले गाँजा उडाए !

.पछुताउले छुँदै धरम !आगो निभेर मलम छु !विरोध दुईले बन्दछ विश्व
समानअन्तर रेखा मिल्छन् !तृतीय तत्व, शाम्यको विन्दु,पुग्दा, सारा पाप धम्र्म,एकतामा आई, गल्छन्
घृणित अस्तित्व खै तब मेरो !कसले हेरयो ?
पापअभागी नाउँ हो मेरो !

.धम्र्म बताउँछन् सजिलो गल्ली
विशाल बन के बाटो होइन ?काँढा, खाडी बीचमा पर्नु
पनि के अनुभव राम्रो हुँदैन ?बाटा खुला छन्, बाटा अनन्त !कुन ईश्वरले लाउँछ बार ?विश्वविद्यालय विशाल,विषय अपार !निषेधहरु हुन् कृत्रिम बार !अध्ययन नै कसरी हेय ?आफु नछकिनु तिम्रो श्रेय !बलाइरहेछन् तर अन्धाले
मेरो झूठो आकार !
. ईश्वर कहिल्यै बोल्दैनन्
यस्तो गर्नु ! उस्तो नगर्नु !तिम्रा दिलमा सिवाय !अनुभवविनाको धम्र्म हुँदैन
अनुभवविनाका पाप !पछुताउविनाको माप !

.हामी अरुका मानव इशारा
हरुले मिरमिर केही देख्छौँ !

.राजाले तर ऐन तोड्नु
भन्दैन !मानिस आफैं आफ्नो पुलिस हो,आपूm आफ्नै न्यायाधीश !आफु आफ्नो अभियुक्त !

.मानिस भित्र आफु पुगे, यदि
मैनै छैन,वार फुके !सम्बन्ध लुके !जवाफदेही सारा चुके !

.आँखा खोल्नु धम्र्म भए यदि,चिम्लनु पनि ता होला मोज !तर त्यो कस्तो ?भोलि बताउला आफ्नो खोज !

.ज्ञान भनेको चिन्दै बढ्नु, चिन्दै बढ्नु,आफु अरुको तादात्म्य,अथवा अन्तर,कम्र्महरुको पथमा अनन्त !विश्व हो एउटा वृक्ष विशाल !

.रुखका हामी पाप भई,रुख लडाए पाप !रुख अडाए धम्र्म !त्यसका जरामा जो गर्छौ काम,रसको नाम !हाम्रो त्यही हो परमै धाम !ज्ञान सुनाएँ अलिकति हेर !पाप अभागी नाउँ मेरो !

.केवल उज्यालो चिनाउने छाया
निन्दा मेरो तर क्या हेर !दायाँ, बायाँ !मूर्ख देख्छु जनको घेरो !
पापअभागी नाउँ हो मेरो !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts