Laxmi Prasad Devkota – Nidrit Bhariya
दश धार्नीको बोझा पिठयूँमा,दोब्री ढाड,तीन कोश उकाली माघको हिउँमा,नाङ्गो हाड !
दुई रुपियाँको ज्यान छ जीउमा
हाँक्नु पहाड !पसिना कालो टोपी धरो छ,धूजा पट !जुम्रा उपियाँ जीउमा धुरो छ,मस्तिष्क शठ !गन्धक तुल्य छ, तर क्या ब’रो छ
मानव घट !मुटुको चरो छ भटभट, भुरभुर,पसिना, दम,भीरमा झुप्रो, बालक थुरथुर,भोका गम !माकुरी माले सिस्नो भ्याकुर
खोज्छे वन !यो अति मानव पर्वत वीरको
हिमालमुनि
प्रकृति विजेता स्वेदिल शिरको
मोती–धनी
माथि छ केवल निशिको बिर्को
ताराकणी !यस निशिमा छ निद्रा–धनी !
No comments:
Post a Comment