Laxmi Prasad Devkota – Prarthana Ki Nishi
क.
पलक निमीलित आज निशि,प्रार्थना छन् सलिलदृशी !
ख.
दुइटा उडुकण ढुल्कन्छन्
बादलपरेला छिचली !
बादलपरेला छिचली !
ग.
निश्चल, निस्पन्द !श्वासबन्द !
घ.
क्षणकन पार्छिन् अनन्त–दर्पण !अर्पण !
ङ.
निभिरहेछ संसार उनको !उडिरहेछ नीरव,दुइटा पखेटा क्रन्दनको !
च.
बज्दछ अश्रुतबीच मसिनो
मनको तार !अन्तर–श्वसनकनको परी प्रहार !
“ए ! सुन्दर !एक किरण !अमृत मुहार ! ……….”
मनको तार !अन्तर–श्वसनकनको परी प्रहार !
“ए ! सुन्दर !एक किरण !अमृत मुहार ! ……….”
छ.
जीवन घडीजस्तो छ !व्यष्टि, समष्टि !घडीका सूईका दुई हात
जोर्छिन् शिरमा, रात !आँखा मुदी,माग्छिन् प्रभात !
जोर्छिन् शिरमा, रात !आँखा मुदी,माग्छिन् प्रभात !
No comments:
Post a Comment