Laxmi Prasad Devkota – Pagal
लक्ष्मी प्रसाद देवकोटा – पागल
जरुर साथी म पागल !यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !दृश्यलाई सुन्दछु !बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !म देख्दछु, ढुङ्गालाई फूल !जब, जलकिनारका जल चिप्ला ती,कोमलाकार, पाषाण,चाँदनीमा,स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,पत्रिएर, नर्मिएर, झल्किएर,बल्किएर, उठ्दछन् मूक पागलझैँ,फूलझैँ- एक किसिमका चकोर फूल !म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !जरुर साथी म पागल !यस्तै छ मेरो हाल !तिमी चतुर छौ, वाचाल !तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !तिमी पाँच इन्द्रियले काम गर्छौ,म छैटौँले !तिम्रो गिदी छ साथी !मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,म उसमा हेलेन र पद्मिनी पाउँछु,तिमी बलिया गद्य छौ !म तरल पद्य छु !तिमी जम्दछौ जब म पग्लन्छु,तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,र ठीक त्यसैका उल्टो !तिम्रो संसार ठोस छ ।
मेरो बाफ !तिम्रो बाक्लो, मेरो पातलो !तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !मेरो छ वेग काँडाको साथी !तिम्रो सुनको र हीराको !तिमी पहाडलाई लाटा भन्दछौ,म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !

No comments:
Post a Comment