Laxmi Prasad Devkota – Rajani Sanga

Laxmi Prasad Devkota – Rajani Sanga

क.के यी ताराहरु हुन् सारा अश्रुबिन्दुका रे जीवन ?फीका एक अँध्यारोभित्र, सुन्दर कोही
सम्झी जल्छन्,ढल्छन् ?के यसैले विश्व–धनी ?सोध्छिन् उरमा शान्ति खसाली,अवनी !


ख.अपूर्व राम्री ए सुकुमारी ! तल फर्केकी मीठी जून !प्यास पहेंली देखिन्छयौ किन ?विषाद–वदनी सुन्दरतासरि !हृदय लिईकन चल्दछ कुन ,

ग.के यो तृष्णाकै हो मोहनी ?तिम्रो पनि ?कलिलो, पीलो, रसिलो, हिसिलो,केही आँशु–हँसिलो, यो नीलोमा,अविश्लेष्य यो शोभा के
मुटु हो सतृष्ण विषाद ?जल्ले तिमी छौ धनी ?

घ.आउँछ याद !ग्रीसी पर्वतमाथि सुतेको
एक युवाको माल
देखी, मुग्धा, विह्वल बनिथ्यौ
कोही काल !

ङ.सुन्दरताको सुन्दरता हो
आपूmभन्दा परको प्यास !शायद त्यसैले अपूर्व तिमी छौ !सुषमा ! मृदुल, उदास !

च.जलभुवामा पथमा चल्नु,विहाग–रागमा अश्रुत झुल्नु,विरह–व्यथाझैँ मुस्की जल्नु,एकलासमा डुल्नु !पीयूषमुखी !तिम्रो यस्तो बानीले नै
रानी !चकित जगत्ले सोध्छ, “त्यहाँ के
बस्छ लुकी ?”

छ.अम्बरभित्र अम्बर हुन्छ,सुन्दर पनि के तिमीतिर रुन्छ ?यस्ती जगबकी तिमी अहो !कस्तो कल्पिनसक्नु सुन्दर
होला त्यो ?

ज.राम्रो सम्झी हामी रुन्छौँ
अवनीमा !हाम्रा कणझैं देख्छौ तारा,प्यासको भाषा पढिरहेछौँ,पीयूष मानी,रजनीमा !

झ.तर यो संसार मजा छ !तर यो संसार मजा छ !यस्तै ! यस्तै !यो बुलबुलको हो रात !चौबीस घण्टा ! चौबीस घण्टा !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts