Laxmi Prasad Devkota – Gaindopasana

Laxmi Prasad Devkota – Gaindopasana

(अथवा यस अर्थसङ्कट–युगको ध्वनि)
क.प्रभु गैँडा ! प्रभु गैँडा !देऊ घिउ, चिनी, मैदा !तातो हलुवा गर पैदा !

कर्कलोले पेट दुख्यो अति !खल्लो भयो अब कैँडा !अभावदेखिन् विरक्त भएका भक्तहरुको आवाज सुन !दुःख सागरमा सुख–वन्दरगाह
खोजी चल्दा हामीहरुको
पार लगाऊ बेडा !


ख.सङ्कट–युग छ ! सताइरहेछन्
दरिद्रताका छौँडा !फलाम आज हाम्रो चिउरा !धनी न दिन्छन् कौडा !प्रियतमा छन् हाम्री पहेँली !बच्चाबच्ची नलिखुट्टी !अस्तित्वको छ सामु पहेली !फिरफिर निभ्दो बत्ती !बजारमा छन् सुरसा भाउ
साहू !मरी–मरीकन जिइरहेछौं
हाहू !मुर्दा जीवनलाई बेरी रङ्गी कात्रो,भद्रपुरुषका नाम मलामी,आफ्ना आत्माहरुका हामी,मरमिट घाटतिर बनिरहेछौं,जात्रु ! जात्रु !गर्ने क्या हो ?छेपारोको उखान भएको आत्मविकास
कानेखुशी आउँछ गर्न,
‘
आत्मविश्वास !’लथालिङ्ग छन् हाम्रा घरजम !कीटाणु मित्यारी लाइरहेछन् !ओहो ! सामाजिक यत्रो भास !किन ? किन ? सोध्छौँ हामी युगुसँग !लागी औडा,तिमी दयालु छैनौ प्रभुजी !हे गैँडा !

ग.सम्शेरहरुले मार्थे तिमीकन !आयो सचिवको पालो !क्रान्ति यत्ति भो ! आलु–सिमीकन
छैन बदनमा टोलो !घरमा छैन दियालो !धम्र्म गर्छौं अब परिवर्तन !सङ्ग्राम तीतो र तीखो छ !प्रभु गैंडाको पूजा गर्छौं !धम्र्म यही नै दिगो छ !

घ.सपना, बिपना तिमी नै हाम्रा !बन्न देऊ दिल सब चाम्रा !हाम्रा युगका छाप हे राम्रा !प्रभु गैंडा !आत्मा दिन्छौं, जीवन दिन्छौं,दिन्छौं साथी भाइ !बाबु, आत्मा, पत्नी, प्रियतम,सब तिमीलाई !हटाऊ दुःखका छौँडा !राजधानी तिम्रा सारा
तिम्रा गौँडा !अन्नदाता ! कलिका त्राता !भूस्वर्गका ए पिता औ माता !प्रभु गैंडा !

ङ.बीसौं शताब्दीका यस ढलकका
यस युगका हुँ नेपाली !धम्र्म नयाँका अवलम्ब िहुँ !भोका मुख हुँ जन्जाली !प्रभु गैँडा ! प्रभु गैँडा !जाँदैनौ नि स्वर्ग ! बिरायौँ !पृथ्वी बस्छौ ! भूकैँडा !पण्डितहरुले छकाइदिएछन्,बनाइदिएछन् राम–भेडा !झूठा पाठ गरेछौँ ! बिरायौँ !क्षमा–त्राता !मोलतोल अब उल्टा लिनेछौँ !माम–दाता !पाता कस अब अध्यात्म असुर सब !भर खाता !सकल प्रजाका प्रतीक प्रभुका दिव्य मूर्तिले अङ्कित तिम्रो
टप पात !जन–वनका ए राजा अशङ्कित !अनेक मुद्राहरुले झङ्कृत !प्रसन्न बन हे विधाता !

च.विराट् छ आज ‘सहस्र–सङ्ख्या पुरुषः !’सर्वतः स्पृत्वा दशाङ्गुलीले
समाजमा छ सङ्घर्ष !सञ्चालक हे सकल नशाका !सकल दिशाका ! सकल दशाका !जगतःआत्मा !दालमा, भातमा !दिनमा, रातमा !सारा बातमा !सेफमा, साथमा, मुखमा, हातमा,सब जातमा !बाहुन तिम्रा मुख झैं बोल्छन् !क्षत्रिय तिम्रा कर झैं लड्छन् !वैश्य, बेपारी उरु झैं चल्छन् !शूद्र पयरमा सुक्दै झुल्छन् !लक्ष्मी–नारायण हे गैंडा !जन–जङ्गलमा अवतारी भै
कलिमा पैदा !देऊ घिउ ! देऊ चाँवल ! देऊ मैदा !विभूति तिम्रो निमुखालाई भयदा ! भयदा !चतुरालाई जयदा ! हयदा !प्रभु गैँडा !

छ.तिम्रो जन्म सवाई–घाँस !अवतारहरुको जुन हो वास !बुद्ध जन्मिए वनका तृणमा,ईशमशीहा अरु कुनामा ?ईश्वर पुराना हामी मास्छौं !ऋषि, मुनि, शास्त्र, साधु छास्छौँ !पोल्छौँ वेद र गैँडा उपास्छौँ !भासको आत्मा बलले उकास्छौँ !शक्ति वृषभ हे ! डुक्रन पास !हात उठायौँ ! अवतर सुन्दर !दूर हटाऊ भूतका छौँडा !गैँडा ! गैँडा ! प्रभु गैँडा !

ज.सुट्ट आउँछौ कोही घरमा,मारी चाल !थुप्रिरहेछौ कहीँ निडरमा
मालामाल !दर्शन काहीँ दिँदै, दिँदैनौ,घटघट हाल !हामी खिचडीवादी प्रभुजी, बन्छौ आज !जन बेहाल !अपार छ तिम्रो, बुझी नसक्नु,टेढो चाल !जिउनु हो धम्र्म, मर्नु हो पाप !सिद्धान्त फे¥यौँ, ए आऊ !अध्यात्मवादी भनीकन फेरि,हामीलाई नसताऊ !

झ.तिमी नै चल्दा पाङ्ग्रा, ढयाङ्ग्रा !बङ्गारा औ पन्जा, नङ्ग्रा !तिम्रा ह्वाङ्ग्रा, तिम्रा पाङ्ग्रा !गुलेली, मट्याङ्ग्रा !भेडा, च्याङ्ग्रा !तिमी बिनु सब ग्वाङ्ग्रा, गोज्याङ्ग्रा !बर्फी तिमी नै, अर्बी तिमी नै !ओज तिमी नै, भोज तिमी नै, मोज तिमी नै,पोज तिमी नै !रोज तिमी नै प्याला–छाल !दरबार तिमी नै, तरबार तिमी नै,मोटर माल !क्रान्ति तिमी नै,कम्प्रोमाइज तिमी नै !ऊँचा पद औ ठाडा नाक !बिर्तावाल
बुर्जेवाल !अत्तर कमाल ! रेशम जाल !नाइलन सारी घूँघरबाल !तिमी नै चमचम ! काजूगेडा !भगवन् गैँडा ! भगवन् गैंडा !

ञ.जय युग–ईश्वर ! जय घटवासी !जय जय डोरी तान्न प्रयासी !शक्ति छ प्रभुको वर्णनपार !गैँडा ! तिमीकन मारे, तर्पे
आत्म, पितृका तृप्त हजार !

ट.हाम्रो धम्र्म छ जङ्गल बीचमा
एउटा उठेको माग्दो हात !आकाश तरफ नित उठिरहेको !
‘
आऊ भगवन् ! गैंडा ! खात !देऊ दाल र देऊ भात !’

ठ.हामी पुस्तौँ पुस्तौँ ठगिँदा,हामी भोका नेपाली !हाम्रा भाव, विचारहरुका,प्रधना तिमी नै अधिनायक होऊ,सञ्चाली !आत्मरक्षण प्रथम नियम हो !देऊ अरु सब नीति फाली !रेशमकीरा अँडिर नपाए,बुन्छ कहाँ रे साहित्य, कलाका
मसिना–जाली ?चोर साधु हो, अदालत पापी,परम्परा छ उल्टो खालि !हाम्रो आत्मा विकाश छ गर्नु !भर थाली !चल्छौँ महाजनहरुको बाटो !चाहन्छौँ हुन मोटो घाटो,गैँडा–दार !आत्मा मर्दछ, माटो नमर्दछ !बल्ल बुझेका छौँ यो सार !अमरता नै हाम्रो टुटेको,आत्मा हाम्रो दूर छुटेको,जायज छन् सब चोरी, डकैती !रिश्वत, बायाँ हात सबै ती !जिउनु छ हामीलाई बोल्न !हिंसा धम्र्म छ कुइरो खोल्न !बेईमानी, वेदमा ऋण छ !मिथ्या ठीक छ !जिन्दगी नै हो धम्र्म महान् !आत्माभन्दा ठूलो प्राण !गैँडाको एक मन्दिर बनाए
छैन उजूर !दैवी सम्पत् बलि ली जान्छौँ सब नेपाली,हेर्दै गजूर !छोरा, नाति, पनाति, खनाति,जनाति चलून् रे ताँती ! ताँती !अटूट लहर भै भाँति, भाँति !जाति–सातत्य धम्र्म हो जाति !अविरल धार !प्रकृत मानवचेत यही हो !प्रभु गैँडा !गरिरहेछौ अरु संहार !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts