Laxmi Prasad Devkota – Sangeet Sangeet
लक्ष्मी प्रसाद देवकोटा – संगीत संगीत
मान्छे किन भो टिन झैँ खोक्रो ?केवल काँचुली ? केवल बोक्रो ?वीणा जीवन उसले बुझेन,सुरसा सङ्गीत एक बजेन,हजार हवाले तारै टुक्रयो ।
मानवताको मुटु तुम्बा,गुँज्नैपर्दछ सुरले गम्म,मानिसप्रति भै मानिस आफु,बज्नै पर्दछ लयमा झुन्न !!कुइराहरुले तन्त्री बिग्र्यो,भाइ स्वरले भाइ ठक्रयो !मानवताप्रति मानवको ध्वनि
सागरप्रतिको जलकण प्रतिध्वनि,जातिप्रतिको लयको रुनझुनि,समष्टिसँगको सङ्गतिमय ध्वनि,विकृत स्वप्नले बिग्र्यो ।
निश्चयताको शुद्ध प्रहार,क्षणको कम्र्म र भावप्रसार
एकै लयका सुरक धार,एकमुखी तर विभिन्न हजार,मल्न नजानी झोक्रयो !कलाकारको प्रतिभा देऊ !क्षण क्षण सुर सब बटुली लेऊ,
‘मानवता’ यति लयको भेउ
मिल्छ भने यो जीवन सप्र्यो,नत्र आखिर टिनझैं खोक्रो !केव काँचुली, केवल बोक्रो !
No comments:
Post a Comment