Laxmi Prasad Devkota – Shandeshwar Parba

Laxmi Prasad Devkota – Shandeshwar Parba

तीते पाती बटुलन जाती,माकुरजाली ल्याउन काती,डाकन भ्याक्ते कोरस ताँती,धापहरुको बालन बाती

छेपाराका रङ्गहरु ल्याओ !चीलहरुका पङ्खा चलायो !गन्धे झारका बालन धूप,वेदी भरभर गोबर लेप,ढयावर, ढयाङ्ग्रो टिनको ठटाओ !दुनियाँ सारा पूजन आयो !शण्डेश्वरको पर्व आज,यस युगदिलमा उनको राज
टाउको उनको वज्र चटान,मस्तिष्क अणु, अणु जल्दो मुहान
शास्त्रालङ्कृत चण्ड मुशण्ड,हनुवा, हाँका उनको मुण्ड,पुच्छर बेर्दछ भूतले फन्को,झटार्छ जगत् यदि माखा झन्क्यो,तोपहरुको ढ्वाँढ्वाँकार
उनकै गुँज्दो गुफा ओडार
कालो ध्वजा जूरो उँचा,आज गर्नु उनको पूजा,फलामहरुको मसल उनको,मूर्ति बनाऔँ तर सब सुनको
रुपियाँको एक मन्दिर ढालौँ,नोटहरुका लहरा हालौँ,विज्ञापनका कागज डालौँ,रङ्ग चडकारा सारा उज्यालौँ
बन्दूकहरुको बनाऔँ बार
बुट्टा सिंगारौँ नव तरबार,तोपहरुका मञ्च उचालौँ,युरेनियमका ज्वाला ज्वालौँ,हो विजयले देऔँ सलाम !रणबिकुलले घोषी नाम,गोलीहरुका पूm बरषाऔँ
लोहित झन्डा फहरन जाऔँ
गन्धक धूवाँ छाना छाऔँ,कोलाहलका स्तुतिहरु गाऔँ !शान्तिसुरक्षा बम् पडकाऔँ !पृथिवी काँप्ने पर्व मचाऔँ !मध्यपूर्वका तेल जलाऔँ !द्धीप विविधका फलपूm ल्याऔँ !आजादीको एफिजी जलाऔँ !लामखुट्टेका कोरस गाऔँ !गरम पसीना जल ली चढाऔँ !सभ्यताको अन्त्येष्टि मनाऔँ !अन्नहरु सब होमौँ ढेर,
तन्त्र मुनाफाअक्षर दे
पसले संस्कृति जगमा फिँजाऔँ,शण्डेश्वरको पर्व मनाऔँ !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts