Laxmi Prasad Devkota – Ek Timi

Laxmi Prasad Devkota – Ek Timi

.
हुन्नभन्नु तिमीले केवल
आपूmलाई नचिन्नु हो
आपूmलाई नगन्नु हो !स्रष्टाका प्रतीक अदर्पण
परिस्थितिको स्रष्टालाई,धुस्नाहरुमा चट्ट सुताई,कैद गरीकन थुन्नु हो !


.किन हुन्न ? किन हुन्न ?यस माटोमा अङ्गुर स्याउ !सह्यार बाहुला कोदाली ली,लौ आऊ !यो हो फलको द्धार हेर !आफूलाई चिन्ने ठाउँ !

.यहाँ एकै अभाव सधैँभरएक तिमी !एउटा रुद्र,एउटा विष्णु,एउटा ब्रह्मा,त्रिमुखी ईश्वर, एउटै मात्र
जम्मा !केवल तिमी !

.देशको यो विस्तृत माटो
यसमा कुन हो रसको कमी ?चाहिन्छ केवल एउटै मान्छे
केवल तिमी ?

.यस्तो चिसो बिहान,प्राणलाई पुष्प बनाई हातमा ली जाऊ, जाऊ
आफ्नै सुनौला मन्दिरको
पारसनाथ !विश्वास गरेपछि, को अनाथ ?के छैनन् भन, साथ ?ईश्वर एउटै मात्र यहाँ सम्झ गमी ! केवल तिमी !

.भैगो मरेछौ बाटैमा !तिमी मरेपछि देख्नेछौ आफूलाई
हिडिरहेको, हिडिरहेको,चालू लक्ष्यको साथैमा !शास्त्रहरु सब सच्चा हुनेछन् ! विश्वास गर !आत्मा तिम्रो मर्दैन कहीँ
हामी नास्तिक बन्नेछैनौँ
पाई फेरि तिमीलाई यहीं !शून्य डराउँछ एकै चीजलेजान्छ गुमी जिउँदा भएमाकेवल तिमी !

.
हुन्नहो शून्य !
हुन्छहो धन्य !पहिलो चिहान हो,दोस्रो चमत्कार !देशको केवल एक कमी ! पटुका कसेका दहरा
अमर उज्याला काल गिज्याई हाँसेका
एक तिमी !मुर्दा जगत्हरुका हे प्राण ! यहाँ तिम्रै
मात्र कमी !उद्दीपन छौ प्राणहरुका
केवल तिमी !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts