Gopal Prasad Rimal – Aamako Bedana

Gopal Prasad Rimal – Aamako Bedana

रात अज्ञानझैँ अँध्यारो थियो;स्वर्थजस्तै चिसो बतासको हुरी थियो;अहङ्कारझैँ मेघ गर्जिरहेको थियो;कुच्रिँदाकुच्रिँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झिलिक्क भो

एउटा आगो,एउटा रश्मिपुञ्जको उदय भइदिए कस्तो हुन्थ्यो,जसले यस तमलाई ज्योतिर्मय तुल्याइदेओस् !कस्तो हुन्थ्यो !!

अनि एक झिसमिसे बिहान,जब सूर्यले आप्नो पहिलो सुनौलो तीर
अन्धकारतिर हानेका मात्र के थिएमलाई मीठो थाहा भयो
मभित्र एउटा आगो जन्मेको ,जो बिस्तारै रूप पाउन लागिरहेछ
यस ज्ञानले मेरो मस्तिष्कमा
सपनाको वसन्त ओइरिदियो,आशाको साउने भेल पोखिदियो;मेरो खुट्टा भुइँमा रहेन
साथसाथै त्यस आगाको आहारा भएर बेह्रिनुपरेकाले
संसारको निम्ति
पलमा देखिने पलमा हराउँने
बिजुलीझैँ भएँ
त्यसले रूप पाउन थाल्यो;घामजून, जलथल, आकाशसमीर सबले
त्यसको स्याहारमा सगाइदिए
कैयौँचोटि थाहा पाएँ
मेरो मुटुको ढुकढुक
सिर्जनाको स्पन्दनसँग दयालु भएर चलिरहेछ
त्यो जन्म्यो
मैले थाहा पाएँ, संसारमा किन पूm फुल्दछन् !त्यसको निम्ति मेरो स्नेह दशधारा भएर बह्यो
ताराहरूले
रातमा सुतेकी वसुन्धरालाई जगाउँने
झोलुङ्गे गीत मलाई सिकाइदिए
त्यो हुक्र्यो
आमाको आशिष्
आकाशजत्तिकै प्रशस्त उता जीवनको औँसीमा कल्पित त्यो आगाको झिल्को
मेरा मनका लहरहरूसित खेल्दै
शुक्लपक्षको
चन्दमाजस्तै भएर बढिरहेछ
यता त्यसलाई जन्माउँदा हुर्काउँदा भोगेको
सारा वेदना
छातीभित्र रहीरही चिच्याइरहेछ
के त्यो भनेजस्तो होला !!

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts