Gopal Prasad Rimal – Ek Geet

Gopal Prasad Rimal – Ek Geet

केही आहझैं केही चाहझैँ
सौरभ छरी वरिपरि
तिमी प्रतीक्षामा झैं कसको
भन न भन कली !

जब भिखारीको हातसरि
फुक्नेछ तिम्रो सुन्दर तन
के ठानी के दिऊँ तिमीलाई
भन न भन कली !समीप छ हेर्छु देख्छु
तिमी फुले झरेमा
रोए हाँसेझैं गर्छु
तर यै हाँसो यै आँसु
यै समीपताको जीवन–जलमा
तिमीले प्रतिबिम्बित पायौ आफूलाई
भन न भन कली !सन्देह चियाउँछ जब यो विश्वबीचमा
तिमी दूर हुन्छ्यौ ताराझैं;दूर हुनाले चाह गरेको
त्यै तारासित तर फिराद यही छ—किन त्यो मेरो कलीझैं
रोइने हाँसिने भएन
समीप भएन ?भन न भन कली !क्षणभरको छोटो जीवन
वसन्त लाख फुलाउँछ !शिशिर लाख सुकाउँछ !अनादि भूत अनन्त भविष्यको
कहालीलाग्दो फैलावटबीचमा
कस्तो यो जीवन–काल कली ?भन न भन कली !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts