Gopal Prasad Rimal – Dantya Katha

Gopal Prasad Rimal – Dantya Katha

दन्त्यकथाकी राजकुमारी एक गरीब
कसरी तिनका ठूला लाम्चिला आँखाहरु
एक जोडी ताराझैं माथिबाट तल झरे
त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ?

फेरि कसरी हिलोको कमलमा परेका
दुई थोपा शीतजस्ता गरीबका आँखामा
स्वर्गले आफ्नो छाया देख्यो ?ताज्जुबको कुरा ,तर यो मीठो कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ
दन्त्यकथा खालि यत्ति भन्छ
उनीहरुको प्रेम ¥यो !हो, पानीझैं ¥यो होला
अनि आगोझैं बल्यो होला
राजपथको छोटो हेराहेरमा
मर्यादाशीला राजकुमारीको हेराइ, चलाइबाट तेरो भोक मेट्न
जलन सेलाउने के कुरा पाउँछस् तँ
स्वर्गको ढुकुटी नै पाएझैं गरेर शरद्को बादलझैं
शिर उच्चा गर्दै हिँड्छस्, गरीब !के तँ फेरि साउनको बादलभैm निचोरिन्नस् ?भेटको असम्भावनाले पत्थर भएर तेरो मुटु किच्तैन ?आँधीको बिजुली भएर
तेरो बादलझैं बर्सने छातीलाई कोपर्दैन ?यस्तो मीठो दर्दको कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ
कथाको गरीब गम्भीर ,जादूले अर्कै भएजस्तो
हावाजत्तिकै हलुका भएर राजकुमारीको खोपीमा पुग्दछ
उनीहरुको बिहे हुन्छ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts