Laxmi Prasad Devkota – Neel Kanta Ko Awaz

Laxmi Prasad Devkota – Neel Kanta Ko Awaz

.
छीः छीः दूरदूर गरिएको हुँ !सबले आँखा तरिएको हुँ !आदिम मनुको बदमाशीले
तर पृथिवीमा बरिएको हुँ !दिव्य शल्यको दैनिक साधनमा
स्रष्टाले दरिएको हुँ !


.
बेकार सराप्छौ तिमी मलाई
सुन रे मेरा शठ भाइ !मुनिको मनको काँढा मै हुँ,खोल्ने दोस्रो लोचनलाई !फूलअन्धा छन् दुनियाँ सारा
तिनले घृणा खूब गरिएको हुँ !वीर, शहीदहरुको पथ तर,निर्माण हवस् भनी, विरिञ्चिकरले
जीवन वनमा छरिएको हुँ !

.
तिमी भुलौला जब, जब मृत्यु
सत् भारा
तिमी हिंडौला उत्ताउलो बनी
गल्ली गन्दा अँध्यारा
झल्याँस्स जगाउन च्वास्स ठुँग्दछु,मानव प्यारा
फूलका कविता लेख्छन्, लेखून्,काँढाको अझ काम तीखो,अझ ठूलो अभिभारा !गूढ तत्वले भरिएको हुँ !

.
स्वर्गमा क्या मधुशाला !बाटुला छन् सुनका प्याला !फूल सुगन्धी खूब उज्याला
एक अभावले तर त्यो झुक्छ,झुक्छ तल !कण्टकविजय त्यहाँ छैनन् !उत्पीडनको छैन परामर्श !तडपनबीचको आत्मबल !स्वर्ग जित्न नै छरिएको हुँ !

.
तारा झकीकन, सश्रद्ध भूतिर
शवनम भेटी चढाई निशिभर,आदृत टुप्पो भरिएको हुँ
नरले, सुरको सुन्दर पराजय
गर्न भनीकन बरिएको हुँ !भूलशूलको तत्वले पृथिवी,स्वर्गभन्दा रुचिर, विचित्र
पार्न कल्पना गरिएको हुँ !छिः छिः दूरदूर गरिएको हुँ !सबले आँखा तरिएको हुँ !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts