Laxmi Prasad Devkota – Ek Sundari Chyamini Prati
क.
स्याबास क्या ढकमक फुली !दिव्य अपवाद !संगमरमरमा ढली छौ
धन्यवाद !
धन्यवाद !
ख.
वीरताको चरमचुली
यो जनानी !कुन कविले गायो फुली
यो कहानी
ए कुजात रानी !
यो जनानी !कुन कविले गायो फुली
यो कहानी
ए कुजात रानी !
ग.
गन्ध, मलले व्योम छुन्न,नर कुहुन्न
देखियो यो लौ तिमीमा !मानवकिरणले मार्ग पायो
नाघी तमको
घोर सीमा !
देखियो यो लौ तिमीमा !मानवकिरणले मार्ग पायो
नाघी तमको
घोर सीमा !
घ.
क्या गिज्यायौ धम्र्म, मन्दिर
अन्ध बार
यस्तो दिव्य व्यङग्य पाएँ
आज मैले,एक बार !
अन्ध बार
यस्तो दिव्य व्यङग्य पाएँ
आज मैले,एक बार !
ङ.
ढुङ्गा फोर्यो फूल–जराले फक्रिन
समाजको यो चट्टान टुक्रँदो पक्रिन !
समाजको यो चट्टान टुक्रँदो पक्रिन !
च.
अछूतता धोयौ गजबसँग,जुग पखाली !जातिकी ए तीर्थ ! छुन्छयौ
स्वजन उचाली ।
स्वजन उचाली ।
छ.
ए पुरोहित हो ! न छोओ !पिउ रे सुस्त !तिम्रा पाषाण मूर्ति चिरी यी
विभूति मुस्किन्,व्यङ्ग्य–मस्त !
विभूति मुस्किन्,व्यङ्ग्य–मस्त !
ज.
मानवआत्माले लडाइँ
यस्तो जितेको देखिनँ
लङ्का औ कुरुक्षेत्र फुस्रे
कस्तो महायुद्ध ! मानवात्मा
यो नराङ्कुर उत्रिन ?
यस्तो जितेको देखिनँ
लङ्का औ कुरुक्षेत्र फुस्रे
कस्तो महायुद्ध ! मानवात्मा
यो नराङ्कुर उत्रिन ?
झ.
हाम्रो यो बदली गगनमा
फारी पङ्क
चाँद कमल क्या पीयूष फुल्छयौ
कृत्रिम कलङ्क !
फारी पङ्क
चाँद कमल क्या पीयूष फुल्छयौ
कृत्रिम कलङ्क !
ञ.
छोइदेऊ सारालाई
एकछत्तै !मोहनी हे ! कीरा झल्लर
शास्त्र पारी
सब बिपत्तै
एकछत्तै !मोहनी हे ! कीरा झल्लर
शास्त्र पारी
सब बिपत्तै
ट.
तिम्रो सुख हो विजय अद्भुत
एक झलकले कुइरो फार
सुन्दर नै जिउँदो सुधार हो,विश्व–द्योतक एक जुहार हो,हृदयस्पर्शी युग–पुकार !आँखा मिचून् सब,गन्धे झारका फूल सेखी
झार ! झार !
एक झलकले कुइरो फार
सुन्दर नै जिउँदो सुधार हो,विश्व–द्योतक एक जुहार हो,हृदयस्पर्शी युग–पुकार !आँखा मिचून् सब,गन्धे झारका फूल सेखी
झार ! झार !
ठ.
मोहिनी ! लेऊ कुचो एक
सडक बढार,
“मानव जिउँछ ! नाली जित्छ !यत्ति प्रसार ! ”
सडक बढार,
“मानव जिउँछ ! नाली जित्छ !यत्ति प्रसार ! ”
No comments:
Post a Comment