Laxmi Prasad Devkota – Sawan

Laxmi Prasad Devkota – Sawan

क.आज सावन पावन दिवस, धूमिल, शीतल प्रातः
कलिला, नीला, सलिल–ललित अचल, सगर–स्नात
चुलीकी मोहनी, शोभा सचेत, तानेर जलको जाली
एकान्त स्वर्गमा मुस्किरहिछन्,

नरम–शरम–निठुर मोहिनी, बढाउँदी तृष्णालाई, टाली
तिमिरबाट किरणी–कदम अनिल लहर भरी
भावुक हृदय घण्टध्वनिमा पछयाउँछ विनय गरी,निदाउँछ घुसेर अन्तस्तलमा मधुर घुन्घुन भरी,निद्रित आत्मा जागृत गरी,सिर्जको कुत्कुती छरी !आज काँचको सङ्गीतमण्डल, लच्केको सगन झारी
आज धरणी–स्वर्गको बिहा बिजुली झिल्कालाई झारी
आज फूल र रेशमको दिवस विहगमालाको लुर्कन
गा रे सावन–बादल पन्छी, परम, पागल मात !आज सावन० ।

ख.सबेरै जागी झोपडीद्धारमा जिज्ञासु किसानी बाला ।
हेर्दछे राष्ट्रलाई चामेर डोलेको मकैले श्रमको फल
धोबिनी फुर्केर स्वर्गको धुलाई उद्धार गर्दछे गानमा
बैंशको हाँगामा बयसी सुन्छे स्वपना लिएर कानमा
चञ्चल धानका जमरा लहरे प्रथम मंसीरद्धारा
परको खेतको जलाम्मे पाटामा, रोपिने शौकले सारा
आज पृथिवी कलिली, पङ्किली, स्वपना, सङ्गीत झरझर ।
आज कविको उरमा सुन्दर कल्पवनको चाड
आज करुण सागर गर्दछ ज्यलित धराको याद
आज उपल कलकल मुखर, शिखरहरुको ताल !आज इन्द्रधनुष दिवस स्वपन–वपन बेला
आज नील सून्य उपर बादलहरुको मेला
बाज् रे तार सदृश चिडिया स्वर्गका रङ्ग ती सात
आज सावन पावन दिवस, धूमिल, शीतल प्रात

1 comment:

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts