Laxmi Prasad Devkota – Jitnu Chha Saathi Jilaunu Chha Saathi
क.भूतकालका भूलहरु छन् !शूलहरु छन् !क्षेत्र खराब छ ! कष्टहरुको घुइँचो छ !स्थितिमा थिचो र मिचो छ !छाती ठोक ! तर,दम रोक !
‘जित्नु छ’ यत्ति घोक !तिम्रा मुखमा बादल लागे
हाँस्ला कसरी फेरि लोक ?दिल रोएको अरुले सुन्लान्
ताल्चा मार ! नउघार !आँशु पिईकन, मुस्की गर्नु छ ! यत्ति विचार ! यत्ति विचार !
ख.मरे शरापी कैयन् पुस्ता,झार पहेँला जस्ता,यी शोषक, यी बाधक, वेधक,सशस्त्र राकस रुखलाई !जसको छाया चिसो, कालो,जल्ले छेके उज्यालो !कसले गन्ला यी अतिभक्षक
—हरुले दिएको दुःखलाई !बूढा, पुराना कीटहरुका घर !जर्जर !मकाइरहेछन् भरखर ! तर, तर,गहिरो, गहिरा जरा छ,विस्तृत, विस्तृत,शोषिरहेछ भूमि उर्वर !शकिन्न भन्ने निराश नधार !माली ! जमीन सुधार !उत्तम बोट उमार !
—हरुले दिएको दुःखलाई !बूढा, पुराना कीटहरुका घर !जर्जर !मकाइरहेछन् भरखर ! तर, तर,गहिरो, गहिरा जरा छ,विस्तृत, विस्तृत,शोषिरहेछ भूमि उर्वर !शकिन्न भन्ने निराश नधार !माली ! जमीन सुधार !उत्तम बोट उमार !
ग.धेरै मर्छन्, थोरै बाँच्छन् !ठूलो माछा न्यायाधीश छ,थोत्रो घरका बलिया खम्बालाई लान त !तिम्रो, मेरो यसमा रिस छ !घूस खाई क्रान्ति मरी सब !पूँजी पिस्छ !हाम्रो जीवन दिनदिन दुःखको
चक्की घिस्छ !यो जिउनुमा ढीलो विष छ !सुधन्न भन्ने कति मोटाए,वन–शूकर !सुध्रन्छ भनीकन दुब्ला बन्दा,भोका हामी,लड्दा हामी
खाइरहेछौं ठोकर ठोकर !हामी भू–सर !यो त्यही दुनियाँ हो हे साथी !जल्लाई भन्दछन् अरु ती अन्धा,सुन्दर, सुन्दर !

घ.खडबड, खडबड, गडबड, सडकमा
कानो ड्राइवर !घजघच थर्थर, जर्जर मोटर !दम खुस्केको ढीलो पाङ्ग्रो !मिचिने गरीब !यही हो हाम्रो नसीब !
कानो ड्राइवर !घजघच थर्थर, जर्जर मोटर !दम खुस्केको ढीलो पाङ्ग्रो !मिचिने गरीब !यही हो हाम्रो नसीब !
ङ.अधमराको यस नगरीमा
ह्वाँह्वाँ छ !दुनियाँका सब पापी जन्मी,तरिरहेछन् वैतरणी
मिठयाइरहेछन् मुख तर कोही
तिनको स्वर्ग यहाँ छ
ह्वाँह्वाँ छ !दुनियाँका सब पापी जन्मी,तरिरहेछन् वैतरणी
मिठयाइरहेछन् मुख तर कोही
तिनको स्वर्ग यहाँ छ
च.जादूगरको हातले फार्नु छ,यो कुइरो !लम्पा एउटा घोटुँला !निस्कून् डकम्र्मी धुइरो !
छ.चढाऊ निरन्तर ! चढाऊ निरन्तर !पसिना छ !हिउँ पनि झर्छ ! असिना छ !सारा क्षण तर शहीद बनाऊँ !विज्ञापन पो कमिना छ !पलपल मृत्यु मीठो हुन्छ !विजयाभ्यास जहाँ छ !
ज.मानवजति ! मानजातिमा !हाउ ! नओर्लोस् !उक्लोस् माथि !दिनराति !हामी मर्नु छ ! उसको जिउनु
कति जाती !
कति जाती !
झ.मध्यरातमा पुतली, पुतली,बत्तीवरिपरि नाची, नाची,मृत्यु डरायो, साथी ! धरामा
तिनका जलेका पखेटा साँची
सभ्यता भै यस्ती धनी रे !निराश क्षणमा मन मुटुलाई !
“मृत्यु अमृत हो ! चल् लाछी !”
तिनका जलेका पखेटा साँची
सभ्यता भै यस्ती धनी रे !निराश क्षणमा मन मुटुलाई !
“मृत्यु अमृत हो ! चल् लाछी !”
ञ.हो, हो ! सत्यले कदर नपायो !मिथ्या भायो,थितिले विष नै फायो !सत्ययुगमा पनि सङ्घर्ष थियो,त्यही डाक्टरले,औषधिपत्र लेखायो !
ट.बाङ्गा, टेढा हर छन् हाम्रा !हावा, पानी, किरण कमी !ठुला नहुन् तर पूmल छन् हाम्रा !स्वदेश–सुगन्ध ! सुँघन गमी !जिउँदा, ताजा, बीज छन् राम्रा !उम्रे केही, माटो फाटी !फस्टिरहला पूmलजाति !
ठ.मृत्यु भनेको सानो निद्रा,एक थकाइ !हामी मुक्ति चाहन्नौं रे !बिउँझी आउँला ! बिउँझी आउँला !नधकाई !
ड.चट्टान–चिरा, पर्वतढलका, हामी जलका,हूल हूँ बलका !हाम्रा धावन–सङ्गीतहरुले, पगला पगला
युग, युगमा हे साथी !मचाइरहलान् दिव्य तहलका !
युग, युगमा हे साथी !मचाइरहलान् दिव्य तहलका !
ढ.विश्वरथका हामी तनुवा !लड्दा, बढ्दा !छुट्दा, भरिँदा !अमर, अनि, श्रमी,मनुवा !
ण.परिस्थिति यो गरीब हुनाले हामी धनी !स्वर्ग बनेको छँदै छ गरीब ती देउताहरुकन !साहाराका माली हामी !हाम्रो बनाउनु यो तल्लो
महामरु रे अवनी !
महामरु रे अवनी !
त.शून्यलाई हाँक्नु छ आज !जङ्गली सब हाँस्नेछन्, तर
हामीलाई केको लाज ?भनिदेऊ हामी ईश्वर हुँ !कल्पी, शिल्पी, गरिरहेका हात,अगोचर, अज्ञात !व्यापक विराट् !कुइरा उपर तर हेर उडेका
सफेद चराहरु, हाँसी खिल्ल !किनकि, फिलिङ्गो स्वर्गको टिप्न
ती उड्दा छन्—शुन्यमा ती किन उड्दा छन् ?दुनिया जिल्ल !

No comments:
Post a Comment