Laxmi Prasad Devkota – Prem Patra
क.तारीफका कति कुसुम फुलेथे, यात्राको उपवनमा ।
अरुले आँखा रमाए !तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा !पूरा दिलले अपनाएँ ।
अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर
आफू भनीकन अपनाएँ ।
अरुले आँखा रमाए !तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा !पूरा दिलले अपनाएँ ।
अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर
आफू भनीकन अपनाएँ ।
ख.मिरमिर पहिलो वृन्दावनमा फागु कसैसँग खेलेँ जरुर !सम्झनाझै क्यै आयो !गौरी–शङ्कर चुचुराउपरमा गमिरहेथेँ कोही युगमा
एक दीपले बोलायो ।
त्यस्तै तिमी छौ घुमिरहेको दीपशिखा ली गिरी, समथर,सुन्दरताको चोला यो,सम्झन कहिले कसका लागि, अखण्ड अग्निमा गै बालेको
रुपज्वाला होला यो ?
एक दीपले बोलायो ।
त्यस्तै तिमी छौ घुमिरहेको दीपशिखा ली गिरी, समथर,सुन्दरताको चोला यो,सम्झन कहिले कसका लागि, अखण्ड अग्निमा गै बालेको
रुपज्वाला होला यो ?
ग.लुकामारी खेलिरहेथेँ कुनै सँगीसँग कोही युगमा
होला धराको फेला यो
नौलोपनको ताजमोहनी चाख्न भनीकन गरी प्रतिज्ञा,जरुर ! परस्पर !नचिनेझै भएको होला यो !तडपन पाउनु प्यारको दिलमा प्यारको ज्यादै मधुर विलास !त्यसले, तिमीले भेटी, मैसँग,चूप भएको होला यो !
होला धराको फेला यो
नौलोपनको ताजमोहनी चाख्न भनीकन गरी प्रतिज्ञा,जरुर ! परस्पर !नचिनेझै भएको होला यो !तडपन पाउनु प्यारको दिलमा प्यारको ज्यादै मधुर विलास !त्यसले, तिमीले भेटी, मैसँग,चूप भएको होला यो !
घ.आफू आधा पाएँ मैले ! आगा कता हो भन्दै गुन्थेँ ।
सिङ्गुलो मिलनको बेला भो
वियोगवेला चिरिएँ फेरि ! मसिनो करौँती लागेजस्तो !उत्तर देऊ ! किन होला यो ?
सिङ्गुलो मिलनको बेला भो
वियोगवेला चिरिएँ फेरि ! मसिनो करौँती लागेजस्तो !उत्तर देऊ ! किन होला यो ?
ङ.बुनिरहेका सपनाजाली, सुन्दर, सुन्दर, मन–माला,तृष्णावनमा अकेला यो !अरुका गलामा चढ्न सकेनन्, आफैँ चढेथे तिम्रो गलामा !अचेत तिमी त्यो पहिरी भाग्यौ !सचेत, नगर्नु हेँला यो ।
च.आयौ एउटा रङ्ग दुगुरेझैं बादलमाथि, दुनियाँमाथि,एकान्त चट्टै सेलायो !मौन गुँज्यो ! गुलजार भयो तब शून्य, नयाँ भो दुनियाँ !बोल्यो गजब दिल–बेला यो !विश्व बिलाए बिन्दु बनी तब बिन्दु फुरे भै विश्व–ध्वनि !झल्याकझुलुकको मेला भो !
छ.तारा रोपिरहेछु जमीनमा, उपवन दिव्य हुँदो छ तयार !आफू नामको चढाइरहेछु, झन्, झन्, बुझ्दै,रङ्गीचङ्गी सब संसार !आत्मा आत्मा सुन्छन् भन्छन् सारा पुकारा, तैपनि सन्की,
(व्यवहारको यो स्तरमा बसियो !)लेख्तछु ! स्वीकार होला यो ?
(व्यवहारको यो स्तरमा बसियो !)लेख्तछु ! स्वीकार होला यो ?
No comments:
Post a Comment