Laxmi Prasad Devkota – Huri Ko Geet

Laxmi Prasad Devkota – Huri Ko Geet

क.
प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल,प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल,मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी,सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी
उग्रलाई अभिसारी,


ख.
गाउँदछु, पागल वेदना हाँसी, फोहोर हावाको बेताल !विषमको खाडी जन्मस्थल मेरो, रोएर जन्मेथें हूँ, हूँ,ध्वंसिनी दूत्तिका विधिको बनें, दर्दको आत्मा के कहूँ,पखेरु नागलाई कोर्रा दी हाँक्नु विकास–आकाश–पथ,क्रोधको दिव्य सुषमा मेरो, वेगको आत्मा नै रथ ।
रोएकी सृष्टिकी रु हूँ
नाश र निर्माण चक्रका मेरा बाफका उठ्दछन् धूलि,नागिनी झिल्का झिल्केर ठुँग्छन् निशाका उरमा, दी शूली ।
चीत्कारी उठ्छ अँध्यारो बाक्लो, प्रलय चाख्दछ एकबार,अन्त र आदि, शून्य र सृष्टि,लुका र मारी खेल्दछन्, क्षण–क्षण झल्केर, निभेर संसार
नृसिंह–भ्रुकी खुम्चाझैं वाष्पिल गरादार घनकी घारी ।
जसको नाच तूफान वर्षा, त्यही हो मेरो खेलको बारी ।

ग.
शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा
दिनको स्वर्णिम शहीदी च्यानमा वर्षन्छन् जल भै तारा
जराको वैरी, बढार्छु बैरी सडल दलको देश ।
सङ्क्रान्ति ज्वर हूँ प्रकृतिको जो बर्बर छु किटेर दाह्रा ।
कन्दरा–नूपुर वनकाली छमछम, भूर्भुवः स्व को ताली,भँवरी धूलि मिल्केको सारी,बहुलाही बनी गीत गाउँछु फाँडी सृष्टिको पाकेको बाली,लङकामा नाचें, भारतमा नाचें, समर–प्राङ्गण मेरो ।
ध्वंसका सारा श्रृगाल गाउँछन् लप्काउँदा लागाको फेरो ।
म नीलकाली, रक्तिम जिह्वा, म चिरभोकी र प्यासी,म चिरलाञ्छित मानवताको ज्वलनको तुमुल राशि,भीषण सुन्दरी शिवका उरमा अधीर पद छन् चञ्चल ।
विधिको बाणको वेग छ, मेरो नृत्यमा पृथिवी ढलमल !सागर–शेष–फणालाई ठाडो पारेर गाउँछु घोर
उत्ताल उराल, प्रलय–सुरले, असि ली बिजुली–डोर !

घ.
सत्यलाई गर्छु अभिषेक भूमा, स्वर्गका झारीका जले,म नारसिंही शक्तिको माऊ युग–निशा हाँक्दछु बलले,चण्डीझैं जन्जीर चट्याङ्ग भाँची फुहुन्छ सिंहको वाहन,त्यो पशुराज जो मेरो कोपले कल्पेथ्यो दण्डको साधन ।
म उग्र शिव, म भीम सत्य, भयङ्कर सुन्दरकी देही
कान्तार–सङ्गीत, समर–मन्दिर शक्तिकी अधरकी फेन,म वायुवादी, खलबल प्राणहरुको भँवरी केही,कालको बाली–काटनी साकार, ऋतको अन्तको देन ।

ङ.
पल्लव–शिशुको केलिको आली ढुक्कुरको प्यारको न्यानु,तूफानी छालले मुक्ताको शिल्प, पाठालाई आमाको न्यानु ।
स्वर्गको पटको पखाल्नी केवल, कोयली–वाणीको निर्बन्ध,धोबिनी केवल धराको, कुसुम–उरको विन्दुको सुगन्ध !सत्यका युगमा सपनेर सुत्छु, कलिमा बिउँझेर खेली ।
सिकाउँछु केवल चित्रान प्रभात उषालाई जो मेरी चेली ।
चिथरो मेरो पछयौरामा, सन्तुलित सुधांशु–ज्योति,विषम दारी, बन्धन फारी
निदाउँछु नीरव कन्दराभित्र,मुस्केर स्वप्न–संसारमा छामी सुनझुल्के प्रभातको नाडी !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts