Laxmi Prasad Devkota – Sandhe
मेरो नाम छ साँढे !वैज्ञानिक पटु शक्तितन्त्रले
मन्त्र गरीकन छाडे !पशुबल पाँडे !क्षेत्र क्या फाँडे !
मन्त्र गरीकन छाडे !पशुबल पाँडे !क्षेत्र क्या फाँडे !
पन्ना पृथिवी उजाडेँ !
“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,डुक्री, हाँकी–हपारेँ !मेरो नाम छ साँढे !मानिस जाति थिचियोस्, मिचियोस्,के पर्वा ?बलको सुराले लाल छ आँखा,मेरा मगजमा रिसका ज्वलनका
अणु अर्वा !विस्फोटक छन् ध्वनिहरु ध्वुंसक,शठ–गर्वा !जवाफदेही दुनियाँप्रति के !तृणचर वा !अङ्गाररङ्गा हूँ ढाडे !मेरो नाम छ साँढे !दया भनेको कमजोरी हो,गर्जी ड्वाँ !बालक जन्मनसम्मन् तर्सून् !पृथिवी झ्वाँ !आगो डकार्दछु ! सभ्यता खार्दछु,भुट्दछु च्वाँ !किनकि म साँढे, साँढे नै हुँ !भाले ह्वाँ !वरपर हेरन, तर्सन छाडेँ
मेरो नाम छ साँढे !सभ्यता सब अट्ने उदर यो,शस्त्र शिङ्गार !फलाप मशल् औ विश्व निडर यो,वंव्–हुङ्कार !तोपहरुको मुहरी मुख यो
ड्वाँ ओडार !प्रलयकालको हुँ पटु पाँडे !मेरो नाम छ साँढे !
No comments:
Post a Comment