Laxmi Prasad Devkota – Shaha Jahan Ko Ichha

Laxmi Prasad Devkota – Shaha Jahan Ko Ichha

.यमुनाजलमा बज्दछ मुरली !जलमा बुलबुल रुन्छन् पिलपिल !रुन्छन् कलकल !यो तटको, वन छाया छवियुक्त
यौवन, यौवन !

दिवानिशाको छाया अङ्कित,वियोगमिलनको क्रीडाभूमि,वृन्दावन !यो मिलनको रोइरहेको इतिहास !याद रुँदाको बास !पिरली चल्दछ एक अगोचर मुरलीमा
यस स्थलमा रे
प्रेमी प्राणहरुको बतास !


.सरिताको सागररोदन !एक सुनौली सन्ध्या पछाडि,खोजी, खोजी,पौडिरहेछन् जलमा क्रन्दन,जलमा क्रन्दन !अबोला निशा चिहान सरि यो,कब्र उपरका क्रन्दन सरि
आँसु बिन्दिए स्वर्ग भरि रे,स्वर्गभरि !

.विश्वका अघिपति रुन्छ यहाँ,आफ्ना पूmलहरुमा !आफ्ना मृत्यु परिवर्तनका
आदिम, स्वनिर्मित नियम रुपका
भूलहरुमा ! भूलहरुमा !आफैं घोची आफ्नो छाती
शूलहरुमा ! शूलहरुमा !

.तिनी सुतिन् यो लहरीमाथि,सुन्दरता !जागृतिशिथिला कोमलता !बोल्थे मुगाहरु, बोल्नै छोडे !मोती गुड्दथे, वर्षन छोडे !जलभर दृग छु, जागा राति !मस्त निदाइन् नित ती साथी !ओह ! अकेलापन क्या रुन्छ
आकाशभरि !चकमन्न पारी !ओढ्छिन् कफन जब भै विचरी !

.पुरुषको अतिपरुष माग के
अति कोमलमा जगवनका ?थकित भए जो शान्ति लिनाका
पार जगत्का वनका ?लाग्यो थकाइ, तिनी निदाइन्
दोष के तिनका ?
फर्कभनीकन रुन्छ सदा मन,तर हा ! वियोगी जनको !क्रूर माग हो ! कसरी आउन् !नगलोस् पाउ सुमनको ?अनन्त शान्ति हो जाती !दुःख दिंदो छु तर पुकारी !राज जस्तो दिनको पनि अझ
आज मेरो राति !

.सुकुमारीको कुन चिर जीवन ?उपवनमा वा जनगणना ?शिखरज्योति झैं सुनधूलीमा चढिरहेकी
झप्प निभिन् ती, क्षणमा !एक चखेवा रुन्छ असङ्ख्य
ताराहरुको वर्षणमा !आँखा जस्तो नीलो गगनमा,गरेर क्षण, क्षण, कणकणमा !

.हात उठाई फैलाईकन, रोई, रुहले
सोध्दछ कोही
सन्नाटाको घोर महावन !ती लुकेकी खोइ ?”
.अन्तताको सघन महावन
प्यास चहार्दछ
जीवनज्योतिको ज्वाला कहाँ गो ?अपनाएथेँ जो रोजी ?अन्धो आँखाको यो तिर्खा
गर्छ मशीहा साथ सवालः
अमिट खोजले सारा ढोका
खोलि हेर्दा, मिल्दछ काहीँ,दिव्य गुमेको माल ?”

.थिइने दया ती ! निष्ठुरता !आफ्नी ढुकुटी भन्ठानेँ !मसिना, खस्रा, सारा इच्छा
थन्काएथेँअब जानेँ !ज्योतिभन्दा मसिनी थिइन् ती
माटोभन्दा खस्रो !अन्दाज सच्चा गर्न सकिन !प्यारको सेवा हाय ! पुगेन !लायक कदर रहिन !

.यस तटमा छु सागरको
उस तटमा छौ मुमताज !शाहजहाँ यो छटपट गर्दछ,पदधूलीमा फ्याँकी ताज !असीम अकेलापन अब रुन्छे,ती सब दाना, ती सब दाना
जसले बन्यो यो संसार !आधा जीवन शून्य विलीन ,आधा बग्दछ स्मृतिको धार !

.अनन्त भाग्यको अनन्त अभागी
गरीब शाहको दिलताज !याद धनी छन् रुँदा, सडकमा,अपूर्व सपना मागी आज
रङ्कपनमा सचेत बनेको
मेरो, अमरमा के उपहार ?संसार चढाऊँ ! जीवन चढाऊँ ?तुच्छ त्यो पनि सुकुमार !

.हाम्रा धन सब माटो धुलिन्छन् !भावपुतली उड्छन्, भुलिन्छन् !अमर तिमीमा के उपहार ?नीरवताले छुन्छे हाम्रो
स्पन्दित दिलको चिर गुञ्जार !क्रन्दन, पुकार !छायाचित्र यो संसार !

.लाचारीका झुक्का पलकमा जल गुड्दछन् !इच्छा रङ्गिन्छन्, उड्छन् !केवल अमर कलाको इङ्गित
नाघ्दछ देश काल अपार !मिली सुत्यौ यस जगतिर भन्ने,मिली उठयौं उस जगतिर भन्ने
भस्म मस्मको विवाह जनाउन,मूक हृदयको गुञ्जार सुनाउन,शिल्पन लाउँछु एक अद्भुतको,साजा एउटा शयनागार
यस जमुनाको क्रन्दनकिनार !

.कालले कहिल्यै यस्तो मीठो
फुल टिपेन !टिपिएपछि पनि जसको सुगन्ध,भूमण्डलको स्मृतिमा गुँज्दछ,गुञ्जिरहला,सक्झनुलाई धनी बनाई
भविष्यले तर सोध्ला निरन्तर,मेरो आत्मासँगमा निशिभर,
के चढाइस् आँसुसँगमा
तिनलाई ?”

.धनी खरानी उपर शिल्पको
रानी झुकून् रोई
त्यो माटोमा अमर लताका
जराहरुको ज्यान फिजाउँछु
प्यारका जलकण तिनका बीउ
आद्र्र दृगले बोई, बोई !काल विजेता ताजा मरमर
प्रेमले मन्त्रोस्, अपूर्व छिनाहरु
जलले धोई
अपूर्व स्मारक कलिलो उठाउँछु,साथ सुतौंला अनि दोई !

.तरलताले छाओस् मरमर,स्नायुसजीव कोमल, सुन्दर !एकै लयका सुरका चोट
सचेत छिनाले काटून् तिनभर,–मोती झुल्ने लतिका फुल्दा,रोदन दिलभर !विहाग रागको आत्मा साकार,चिर गुञ्जनले रचियोस् आगार,रोदनको झैं घर !रुदित बनोटको स्वपना उज्यालो
मरमरमा !शाश्वत स्मारक वियोगव्यथाको,सुन्दरतामा !युगयुग प्यारका हृदयहरुले
पाऊन् स्पन्दा, प्रेरणा, गुञ्जार !प्यारको स्वपना, प्यारको भेटी,मरमर आत्मा मृदुल चढीकन
पघलोस्, विलपी
जमुनाकिनार !

.कला अगाडि सम्राट्को होस्
ताज रे झिलझिल उपहास !मटीहरुमा शिल्पित मन्दिर
टिक्दछ भन्दछ इतिहास !उपलाङ्कित एक दिव्य काव्य होस् !अमिधाताज !जिन्दगी मृत्यु जसका
जिल्द हुने छन् खास

.रुपद्धारा सङ्गीत रुलाऊँ !साकार बिलौना यस दिलको !मसृण छिनाले मीड बजाऊँ
रुदित भावको दिलको !पाषाण बनोस् एक स्वरलहरीझैं
एक वियोगी बुलबुलको !याद दिने होस् निर्माण पुनीत !जमुना बन्लिन् मेरो गीत !

.शिल्पित उपलको वेलीवनमा,यो रुह बुलबुल,घनले निलेकी शशिकन सम्झी,बोली रहला युगका यात्री
सामु, दिलको पीडा, खलबल !

.मेरा दृगका मोती सीमित !सारा नजरका मोती मागूँ !मोती भिखारी भई यस तटमा,जुगजुगका सब प्यारहरुका
गहिराइका दाना, दाना,बटुलूँ, राखूँ !दुनियाँ डाकूँ !भविष्य ! तेरो उपहार निरन्तर
रोई, मागूँ !

.
 व्योमको गुमज प्यारको गुम्मज !यी पृथिवी हुन् अविरल जलकी
शिल्पकला !यी लहरा हुन् प्यारका तृष्णा,सरिताका यी सुन्दर चेली,वेली, कलिला !यी कुसुम हुन् विश्वशिल्पी प्राणपवनले
कुँदिई बनेका चट्टान, शिला !निशदिन बत्ती सामु भला !सृष्टि हो यो परमेश्वरको
स्थायी स्मारक कोही निम्ति !असीम ! अगम !के रुँदैनौ तिमी पनि एकला
निशिमा भन रे ?शवनम ? शवनम ?

.निद्रित बुलबुल त्य िअघि बोलून्,मानव दिलका !स्थान, कालका सीमा नाघून् पङ्खहरुले पलका !मेरो होइन, प्यारकै होस् यो शयनागार !मुमताज, होइन, सौन्दर्य
सुतेर सपनून् जमुनाकिनार
सागरतृष्णा बोलिरहोस्,रोई दुगुर्दी जलधार

.प्यार नै हो धम्र्म महान् !सुन्दरतम !सुन्दरतम हो ताज रे ईश्वर !मार्ग भक्ति हो !भेटी शवनम !सुन्दरको नै, आत्मा सुन्दछ,मसिनो आहट !शेष सुष्टिबाट त्यसको
दिलमा अनौठा बोलावट !तृष्णा गति हो !आशा इशारा !आत्मा आत्मालाई चिनाउँछ
सलिल किनारा, सलिल किनारा ! उक्लन्छु, ती ओर्लन्छिन् !इश्ल मिलन हो ! इश्ल मिलन !याद भजन !स्मारक, पूजन !बिन्दु, बिन्दुका माला !हावभाव हुन् हाम्रा नट !सब धम्र्मको हो आत्मा प्यार !वेद, कुरान हो
जलको घट !

.पुतलीको यो बत्ती पछिको
छटपटलाई स्मारक होस् !जमुनाजल यो सागरसम्मन्
प्रेमकथाको प्रचारक होस् !अछूत ऊँचाइमा अवलम्बित श्री
सको भाव विचारक होस् !संसारको यो पत्थरमाथि
एक शाहको जलको अङ्क !ताजमहल होस् ! जगभर जाती !आदर्श, विना एक सानु कलङ्क !सुषमा प्रति यो चिर वन्दन !साथ सुतौँला युगयुग साथी !मानव दिलमा विश्वधम्र्मको
दिई निरन्तर स्पन्दन !पाषाणहरुमा भाषा भरुँला,चूप सुती निशिदिन !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts